विप्लव समूहसँग हतियार रहेकाले निगरानी बढाउनु– गृहमन्त्रि

7
SHARES
15
VIEWS

पोखरा । गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि निगरानीमा राख्नुपर्ने बताएका छन्।

‘विप्लव समूहसँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन्’, उनले भने, ‘उक्त समूहलाई निगरानीमा राख्नुपर्छ।’

पोखरामा भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समापनमा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।

आइतबार देखि शुरु भएको दुई दिने गोष्ठीमा भाग लिन पोखरा झरेका थिए।

यसअघि सुरक्षा गोष्ठीहरूमा सुरक्षा चुनौतीका रूपमा विप्लव समूह र सिके राउतको समूह अगाडि आउने गरे पनि उनीहरू शान्तिपूर्ण राजनीतिमा आएकाले सुरक्षा चुनौतीका रूपमा देखा नपरेको बताए।

पछिल्लो समय राजनीतिक तरलता बढेको भन्दै थापाले यतिबेला सुरक्षा चुनौती पनि बढ्ने बताए।

‘शान्ति सुरक्षाका लागि चुनौती धेरै छन्, चुनौतीको फेस गर्नुपर्छ’, थापाको भनाइ उदृत गर्दै गण्डकीका आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतले भने, ‘स्थायी सरकार तपाईंहरू हो, प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम राख्नुस्।’

गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखले सुरक्षा चुनौतीका बारेमा रिपोर्टिङ गरेका थिए। राजनीतिक कोणबाट आउन सक्ने असुरक्षालाई ध्यान दिएर सुरक्षा नीति बनाउन उनले निर्देशन दिए।

गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रहरी समायोजन ऐन छिटो जारी गर्न आग्रह गरे।
प्रदेश सरकारले प्रहरी ऐन ल्याइसकेपछि संघीय सरकारले प्रहरी समायोजन नगर्दा लागू हुन नसकेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित