कालीकोट । पचालझरनामा शुरु भएको दोस्रो राष्ट्रपति रनिङ्गशिल्डको जिल्ला समन्वय प्रमुख अनिपाल शाहीले उद्घाटन गर्नु भएको छ ।
दोस्रो गाउँ पालिका स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा प्रमुख अतिथि समेत रहेका प्रमुख शाहीले खेलकुद क्षेत्रमा पचालझरना गाउँ पालिकाले विशेष भुमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा पनि जिम्मेवारी बोधका साथ अघि बढ्न अनुरोध गर्नु भएको छ ।
पचालझरना गाउँ पालिकाको सरस्वति मावि भिटामा आयोजना गरिएको राष्ट्रपति रनिङ्गशिल्ड खेलकुदमा गाउँ पालिका भित्रका ९ वटा माविका विद्यार्थिहरु सहभागि भएका छन । उक्त खेलकुद ३ दिन सम्म संचालन हुने बताइएको छ । पचालझरना गाउँ पालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख नमराज शाहीका अनुसार पचालझरनाका सबै माध्यमिक विद्यालयबाट उल्लखेनिय सहभागिता रहेको बताउनु भएको छ ।
उक्त प्रतियोगिता उद्घाटन समारोहमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनामा आयोजना हुने खेलकुद जिल्लाका लागि मात्र नभई कर्नालि प्रदेशमा नमुना बनाउन गाउँ पालिकाले कुनै कसुर बांकी नराख्ने बताउनु भएको छ ।
खेलकुद क्षेत्रका लागि गाउँ पालिकालाई विशेष योगदान दिने भएकाले अझै थप जिम्मेवारीका साथ खेल क्षेत्रमा मर्यादित भई अघि बढ्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोट सदस्य ऐना शाही, कार्यकारी प्रमुख शिब कुमार पौडेल, पूर्व कार्यकारी प्रमुख तथा सरस्वति मावि भिटाका अध्यक्ष छक्क बहादुर शाही लगाएतको उपस्थिति रहेको छ ।
खेलकुदमा ९ वटा विद्यालयहरुबाट सहभागिता रहेको र एक विद्यालयबाट ५४ जना छात्र छात्रा रहेको बताइएको छ । सरस्वति मावि भिटा, ज्ञानोदय मावि राम्नाकोट,सरस्वति मावि सिकु,पंगेलि मावि नुवाघर,जनता मावि खार्दु,पञ्चकोट मावि बाझकोट,विद्यादेवि मावि मयकोट,कालिका मावि खयरकोट र जनप्रिय मावि बोलगाउँबाट सहभागिता रहेको आयोजकले जनाएको छ ।
खेलकुद प्रतियोगितामा हाइजम्प, लंग जम्प,त्रिपल जंग, भलिबल, उसु,कबडिड्,करांते र तेक्वान्दो लगाएतका खेलहरु हुने बताइएको छ ।
Discussion about this post