कालीकोट । पलांता गाउँ पालिकामा नेकपा(माओवादी)केन्द्रले गाउँ अभियान तिव्र पारेको छ ।
नेकपाको विभाजन पछि अलग भए संगै जिल्लामा गतिविधि तिव्र पारेको माओवादी केन्द्रले पलांता गाउँ पालिकाका सबै वडामा पार्टी संगठन सुदृढ तथा जनभेटघाट तिव्र पारेको छ ।
आज पलांता गाउँ पालिकाको वडा न. १मा गरिएको कार्यक्रममा पलांता गाउँ कमिटि अध्यक्ष विष्णु रोकाया(इन्द्र) पार्टी सचिव मान बहादुर भण्डारी(बासिन्दा) लगाएतका नेताहरुको उपस्थितिमा कार्यक्रम गरिएको बताइएको छ ।
यस अघि पलांता गाउँ कमिटिका विभिन्न वडामा नव वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण शुरु गरिएको गाउँ कमिटि अध्यक्ष विष्णु रोकायाले बताउनु भएको छ । पछिल्लो समयमा स्थानिय सरकार र पार्टी विच सामप्यिता बढे पनि सद्भाव भने आ आफुले कदम अघि बढिरहेको छ ।
पार्टीका काममा स्थानिय सरकारले नजर नलगाउने र सरकारका काममा स्थानिय पार्टीको सम्बन्ध नहुने गरेको बताइएको छ ।
Discussion about this post