सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाई नेकपा(एमाले) माधव पक्षिय ४ जना सांसदले फ्लोर क्रस गरेका छन ।
प्रदेश सभामा विश्वासको मत लिन गएका मुख्यमन्त्रि महेन्द्र बहाुदुर शाहीको पक्षमा मतदान गरेर कर्नालि प्रदेशमा मुख्यमन्त्री शाहीको निरन्तरता पाउने भएका हुन । मुख्यमन्त्रि शाहीको पक्षमा २२ मत परेको छ भने विपक्षमा मात्र १५ मत मात्र परेको छ ।
उक्त मतदान गर्ने क्रममा नेकपा(एमाले)का सांसद प्रकाश ज्वाला,कुर्मराज शाही,अमर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्रि शाहीको पक्षमा मतदान गरेपछि अविश्वासको प्रस्ताव पेश गर्ने यामलाल कर्णेल अल्पमतमा परेका हुन ।
उनले दुई वर्ष अघि देखि कर्नालि प्रदेशमा मुख्यमन्त्रि शाही विरुद्ध विभिन्न हतकण्डा प्रयोग गर्दै आएका थिए । अविश्वासको मत प्राप्त गरेर उनि कर्नालि प्रदेशको मुख्यमन्त्रिको दाउमा छन ।
अहिले अल्पतममा परेका यामलाल कर्णेलको कर्नालिको मुख्यमन्त्रिको कुर्चि भनेको आकाशका फल आंखा तरी मर भने झै भएको छ ।
Discussion about this post