कालीकोट । पचालझरना गाउँ पालिका २का क्यान्सर पिडित भोटे तिरुवाको सहयोग बढ्न थालेको छ । मंगलबार सुर्खेतमा रहेका कालीकोटका स्थानियहरुले सहयोग गरेका छन ।
क्यान्सर पिडित तिरुवाको उपचारका लागि पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने लगाएतका नेताहरुबाट सहयोग भएको क्यान्सर पिडित भोट तिरुवा बचाउ अभियानका संयोजक सर्जन विकले बताउनु भएको छ ।
पहिलो दिनमा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेबाट रु १० हजार १ सय, महिला नेतृ अल्किना बमबाट ५ हजार १ सय, नेकपा(माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र न.खका संयोजक जगत शाही(शिखर) बाट ५ हजार,जगत चौलागाईबाट ३ हजार,भैरे लुवार(लाइट)बाट १ हजार एक सय र फुकोटका उदयनन्द बरालबाट १ हजार एक सय गरी २५ हजार ३ सय रकम संकलन भएको छ । क्यान्सर पिडित भोट तिरुवा बचाउ अभियानका संयोजक सर्जन विकले भोलि देखि कर्नालि प्रदेश सरकार लगाएतका कार्यालयहरुमा सहयोगका लागि जाने बताउदै सहयोग गर्न अनुरोध गर्नु भएको छ ।
क्यान्सरका कारण घरमा भएको जग्गा जमिन समेत विक्रि गरेर नपुग्ने भएपछि विभिन्न निकायबाट सहयोग हुने क्रम बढेको छ । यस अघि पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालबाट २० हजार ,पचालझरना २ निवासि राष्टपति बम(राजिव)बाट रु २० हजार सहयोग भएको थियो ।
भोटे तिरुवाको बैशाख ८ गते भक्तपुर क्यान्सर अस्पतालमा सल्यक्रिया हुने भएको छ । क्यान्सर पिडित भोटे तिरुवाको दायाँ कानमा क्यान्सर लाग्दा यस अघि लाखौं रकम खर्च भइसकेको छ ।
Discussion about this post