कालीकोट । स्याउ खेतिका लागि उर्भर भुमिका रुपमा रहेको तिलागुफाका युवाहरुमा स्याउ खेति तर्फ आकार्षण बढ्न थालेको छ ।
विभिन्न निकायको सहयोग हुन थालेपछि युवाहरुमा व्यवसासयक स्याउ खेति शुरु हुन थालेको हो । पछिल्लो समयमा स्याउ सुपर जोन कार्यक्रम जुम्लाले स्याउ कृषकहरुलाई सहयोग गर्न थालेपछि युवाहरुमा हौसला थपिएको छ ।
तिलागुफा नगरपालिकाको खोपिका कृषहरु स्याउ उत्पादनका लागि काममा जुटेका छन । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा शुन्दुर तरकारी तथा फलफुल समुह मार्फत सिचाई पोखरी निर्माण गर्न थालेको समुहका अध्यक्ष शान्ति बुढाले बताएकी छन ।
स्याउ सुपर जोन कार्यक्रम जुम्लाको १ लाख ५० हजार अनुदान र समुहको स्वलगानि १ लाख ५० हजार गरी तिन लाखमा ४ मिटर लम्बाईका सिचाई पोखरी बनाउन लागेको बताइन । उनले भनिन स्याउ सुपरजोन कार्यक्रमले यस अघि उक्त समुहलाई २ सय वटा स्याउका विरुवा समेत दिएको थियो ।
तिलागुफा नगरवपालिकाले स्याउ उत्पादनका लागि थप कार्यक्रम समेत गर्दै आएको बताइएको छ र। स्याउ र सिमि उत्पादनका लागि आफुहरु निरन्तर रुपमा लागि परेको स्थानिय प्रेम बुढाले बताए । उनका अनुसार कृषि तर्फ वडा सरकार पनि अग्रसर भएको बताए ।
तिलागुफा नगरपालिका वडा न. ३का वडा अध्यक्ष नन्द बहादुर कटुवालले स्याउ र सिमिका लागि आफुले आगामि वर्ष उचित स्थान दिने बताएका छन । सुपर जोन कार्यक्रम लागु भएपछि स्याउ उत्पादन गर्ने कृषकको संख्या ह्वात्तै बढ्न थालेका स्याउ सुपरजोन कार्यक्रम जुम्लाले जनाएको छ ।
Discussion about this post