पचालझरनामा एक दिने बाख्रा पालन तालिम

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशको गोठालो भत्ता दिने पचालझरनामा एक दिने कृषक स्तरिय बाख्रा पालन तालिम सम्पन्न भएको छ ।

पचालझरना गाउँ पालिकाको पशु शाखाको आयोजनामा संचालन गरिएको तालिममा ४० जना पशुपालक कृषकहरु सहभागि भएको बताइएको छ । पशु प्राविधिक तुलराज संज्यालका अनुसार गाउँ पालिकामा पशुपालन गर्दै आएका कृषकहरुलाई अभिमुखिकरण गरिएको बताउनु भएको छ ।

उक्त कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले कृषि पेशा सबैको महत्वपूर्ण र आत्मनिर्भर पेशा भएकाले सबैले एक पछि अर्काे रुपमा कृषि पशुपालनमा जोड दिनु पर्ने बताउनु भएको छ ।

सो तालिममा पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेलल् कृषकले आफ्ने पेशा प्रति गर्व गर्नु पर्नेमा जोड दिनु भएको छ ।
पचालझरना गाउँ पालिकाका ३५ जना कृषकहरुलाई उन्नत जातका बोयर बोका वितरण गरेको थियो । विगत २ वर्ष देखि पचालझरना गाउँ पालिकाले पशुपालन कृषकहरुलाई गोठालो भत्ता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित