हिमचुलि सहकारी द्धारा राहत हस्तान्तरण

कालीकोट । संस्थाका शेयर सदस्यहरुलाई विमा राहत हस्तान्तरण गरेको छ । हिमचुली कृषि सहकारी संस्था लि.ले कर्जा लिएका तथा कालगतिले मृत्यु भएका सदस्यहरु विमा राहत हस्तान्तरण गरेको छ ।जिल्लाको रास्कोट नगर पालिका वडा न.६ निवासि स्वर्गिय औंला दमाईका श्रीमान लक्षे दमाइलाई एक लाख म्यादि विमा हतन्तरण गरिएको छ । स्वर्गिय औंला दमाई सहकारीको सदस्य रहेको र निजको निधन भएपछि कालगतिमा एकला ख विमा राहत हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष काली बहादुर महतारा र रास्कोट नगर पालिका वडा न.६का अध्यक्ष कर्ण फर्सालको उपस्थितिमा वडा न.६ बड्डालका स्थायिनहरुको उपस्थितिमा औंलाका श्रीमान लक्षे दमाइलाई हस्तान्तरण गरिएको सेवा कार्यालय रास्कोटका व्यवस्थापक जमुना आचार्यले जानकारी दिएकी छन ।

त्यसै गरी यस अघि तिलागुफा नगर पालिका वडा न.८ बालि निवासि शारदा शाहीको भिरबाट खसेर निधन भएपछि ८० हजार कर्जा मिनाह गर्दै परिवारलाई ८० हजार थप राहत रकम हस्तान्तरण गरेको जनाइएको छ । त्यसै गरी खांडाचक्र नगर पालिका वडा न.४ निवासि स्वर्गिय पवित्रा दमाईका छोरालाइ एक लाख राहत प्रदान गरिएको छ । हरेक सदस्यहरुले वार्षिक विमा नविकरण गर्नु पर्ने र त्यसका लागि पाँच सय शुल्क भुक्तान गर्नु पर्ने जनाइएकाे छ ।

२० हजार भन्दा माथिक शेयर रकम भएका सदस्यहरुकाे भने निशुल्क विमा गर्ने स‌स्थाका मुख्य व्यवस्थापक जगेन्द्र अाचार्यले बताएका छन ।
सहकारी संस्थाले हरेक सदस्यहरुको एक वर्षका लागि म्यादि विमा र कर्जा लिने सदस्यहरुको हकमा कर्जा विमा गर्दै आएको छ ।

२०६५ सालमा स्थापना भएको हिमचुली कृषि सहकारी संस्थाका हाल १५ हजार शेयर सदस्यहरुमा बचत तथा कर्जा,डेरी,अर्गानिक वस्तु खरिद तथा अन्य कारोबार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6