कालीकोट । रास्कोट नगर पालिका वडा नम्मबर ८ निवासी विष्णु बराल “विजय” प्रति योजना निर्माणमा घुस लिएको भन्ने समाचार प्रति खण्डन गरेका छन । नेकपा (माओवादी केन्द्र ) का कर्नाली प्रदेश सदस्य तथा रास्कोट नगर इन्चार्ज समेत रहेका बरालले पूर्वाग्राही मानसिकता र चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन । उनले आफुले त्यस्तो व्यवहार नगरेको बताउँदै स प्रमाण ल्याएर आउन चुनौती दिएका छन । उनले आफूले जनताको पक्षमा निरन्तर रुपमा सेवा गर्दै आएको दावि गरेका छन।
विष्णु बरालले गरेको खण्डन जस्ताको त्यस्तै ।
१. राताढुङ्गाबाट आधारभूत स्वास्थ्य इकाइसम्मको सडक निर्माण उपभोक्ता समितिबाट ५० हजार रुपैयाँ कमिसन लिइएको भन्ने कपोकल्पित र भ्रामक समाचार प्रचार गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षड्यन्त्रप्रति म घोर आपत्ति प्रकट गर्दछु। समितिमा को को छन्? कसले, कहिले, के दिएका छन्? दिएको प्रमाणसहित पुष्टि गरी दिनुहुन अनुरोध गर्दछु। त्यसताका वडा समितिको संस्थागत हीतलाई ध्यान मा राखी सम्पुर्ण कार्य उत्साह पुर्बक सम्पन्न गरीएको जगजाहेर छ।
२. जनजागृति माध्यमिक विद्यालय, फुकोटमा मप्रति अत्यन्त विश्वास राखी विद्यालयका अभिभावक, विद्यार्थी र प्रशासनले२,२ पटक दिएको नेतृत्वमा, मेरो अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिले उल्लेखनीय कार्यहरू गरेको तथ्य नाङ्गो आँखाले देख्न सकिन्छ। जस्तै — १४ कोठे भवन निर्माण, २ वटा शौचालय निर्माण, कक्षा ९–१२ का लागि कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन, खेल मैदान निर्माण तथा घेरबार, जग्गा खरिद आदि कार्य सम्पन्न भएका छन्। यसको प्रतिफलस्वरूप विद्यालयमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको छ।
३. दर्जनौं शिक्षक नियुक्ति प्रक्रियामा व्यक्तिगत स्वार्थ वा अपारदर्शिता नराखी संस्थाको हितका लागि इमान्दारीपूर्वक काम गरिएको हो। व्यवस्थापन समितिको नेतृत्वलाई लगाइएको आरोप राजनीतिक पूर्वाग्रह र प्रतिसोधवश फैलाइएको भ्रममात्र हो भन्ने कुरा म सर्वसाधारणमा अवगत गराउन चाहन्छु।
४. विद्यालयको आर्थिक संकटलाई ध्यानमा राखी धार्मिक ज्ञान-विज्ञान महामहोत्सव (महायज्ञ) सम्पन्न गरिएको हो, जसमा रास्कोटका जनता र बुद्धिजीवीहरूको सल्लाह र सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। महायज्ञ मूल समारोह समितिको संयोजकत्व टंकप्रसाद बराल र महासचिव नगराज उपाध्यायले गर्नुभएको थियो, जसमा २५ सदस्यीय समिति गठन गरी कार्यक्रम सम्पन्न भएको थियो। रास्कोटवासी दानवीर दाताहरूको जिन्सी र नगद सहयोग प्राप्त भएको हो, जसको सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ केही दाताहरुले प्रत्यक्ष रूपमा सामान उपलब्ध नगराउँदा ढिला भएको हो। तथापि, नयाँ शैक्षिक सत्रको सुरुमै सार्वजनिक सुनुवाइ गरिनेछ। दानदाताको सहभागितामा, व्यवस्थापन समितिको निर्णयअनुसार पारदर्शी ढंगले रकम व्यवस्थापन भइरहेको छ।
५. मेरो व्यक्तिगत जीवन र आर्थिक अवस्था बारे केही तत्त्वले जनतामा भ्रम फैलाउने प्रयास गरेका छन्। म नेतृत्व गरिरहेको पार्टी र संस्थाको जिम्मेवारीमा रहँदा मैले इमान्दारितापूर्वक काम गरेको छु, जसले गर्दा जनता र मेरो बीचमा गहिरो माया र विश्वास कायम छ। मेरो आयस्रोत मेहनत र व्यवसायबाट आएको हो। श्रम गरेर बाँच्न पाउने मेरो प्राकृतिक अधिकार हो। मेरो आम्दानी र दायित्वबारे बिना प्रमाण टिप्पणी गर्नु अनुचित हो।
६. जहाँसम्म गाडीको कुरा छ, तीन जनाको साझेदारी लगानीमा गाडी सञ्चालन गरिएको थियो। तर, आम्दानीभन्दा दायित्व बढ्ने देखिएकाले अहिले गाडी बिक्री गरिएको हो। रास्कोटमा भइरहेको विकास निर्माणका कार्यमा कमिसनको खेल भइसकेको भन्ने कुरा वर्तमान पार्टी नेतृत्वसँग जोडेर आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ। विगतदेखि नै जातीय छुवाछूत, स्ववियु निर्वाचन वा अन्य विषयमा तथ्यहीन समाचार प्रकाशन भएकोले सत्य तथ्य अन्वेषण गरी मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु। ममाथि लगाइएको सम्पूर्ण आरोपहरू निराधार हुन् ।
७. भातडी क्षेत्रको जग्गामा बोटबिरुवा मुआब्जाबारे कुरा गर्दा — विष्णु बरालको नाममा रहेको कित्ता नं. ८२५ मा १२ हजार रुपैयाँ मुआब्जा आएको हो। २८५नम्बर कित्ता मेरो जग्गा माबिशु बराल नाममा १ लाख ३० हजार रुपैयाँ मुआब्जा आएको हो। तर, विजयले मेरो नाम र कित्ता नम्बर सच्याएर आफ्नो नाममा दर्ता गराई मुआब्जा खाएको भन्ने आरोप छ। यस विषयमा विजयको परिवारले मेरो परिवारलाई अन्याय गरेको , मलाई सतायको,रुवायको भनेर पनि आयो। यसमा धेरै मन दुखाउनु पर्ने केहि छैन फुकोट कर्णाली हाईड्रोपावरले स्थानीय स्तरमा मुचुल्का उठाएर रेकड छ। हाईड्रोपावर सग मेरो कुरा पनि भयको छ। त्यसको निणर्य अन्तिम हुनेछ।हामी आपसमा बाझीन जरुरी छैन।बिसु बराल ले म र मेरो अंकल लाई ज्यान मार्ने धम्की दिएको रेकर्डसमेत म संग छ। सामाजिक सञ्जालमा भइरहेको भ्रमप्रति म गम्भीर छु। फुकोट हाइड्रोको कार्यालयले गरेको मुचुल्काका आधारमा कोही कसले पाउने भन्ने यकिन हुनेछ। व्यक्तिगत विषयलाई उथलपुथल पार्न आवश्यक छैन, समस्याको समाधान कानुनी ढंगले खोजिनेछ। मेरो नामको जग्गा अरूले कब्जा गरेको सबै लाई थाहा छ ।बिजय शाषक होइन शोषित हो। जनता पर्ति कहिल्यै घात गर्दैन।



















Discussion about this post