रास्कोट अस्पतालले मनायो छैटौं वार्षिकोत्सव

कालीकोट । रास्कोट अस्पतालले छैटौं स्थापना दिवस मनाएको छ । रास्कोट नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा स्थापना दिवस मनाएको हो । रणनैतिक प्रादेशिक रास्कोट अस्पतालको रुपमा स्थापितमा रास्कोट नगर पालिकाका राजनैतिक दल,संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागितामा वार्षिक उत्सव मनाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टक्क फर्सालले बताए । रास्कोट अस्पतालबाट जिल्लाका पचालझरना सान्नित्रिवेणी लगायतका पालिकाबाट उपचार सेवा लिदै आएका छन ।

सो अवसरमा नेकपा(एमाले) दयाराम सिमखाडा, नेकपा(माओवादी केन्द्र) का विष्णु बराल लगायतले अस्पतालको विगतको स्मरण गर्दै सेवा प्रवाहमा तिव्रता र थप व्यवस्थापनमा जोड दिएका थिए ।

रास्कोट अस्पतालमा स्वास्थ्य विमा सेवा समेत हुँदै आएको छ । वार्षिक उत्सवमा कर्मचारीलाई सम्मान समेत गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6