मनिका बाेहरा
कालीकोट । यस वर्ष हिमचुली सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुमा सदस्य शिक्षा व्यापक बनाएको छ । सहकारी संस्थाले जिल्लाका ८२ वडा मध्ये ८१ वडा स्तरमा पुगेर सदस्य शिक्षा तथा भेटघाट कार्यक्रम गरेको छ ।
कालीकोट जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्थाले फागुन र चैत्र महिनामा गरेर जिल्लाका ९ वटै स्थानिय तहमा रहेका ११ वटा सेवा कार्यालयहरुमा पुगेर सदस्य शिक्षा कार्यक्रम गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनका अनुसार संस्थाका कुल सदस्य १५ हजार चार सय ३० जना रहेकोमा यस वर्ष ६ हजार ६ सय ४१ जना सदस्यहरुमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
२०६५ सालमा स्थापना भएको सहकारीले जिल्लामा कृषक सदस्यहरुमा कर्जा प्रवाहका साथै सदस्यको उत्पादित वस्तु संकलन तथा विक्रि गर्नुका साथै सहकारी सुपथ मुल्य सिल,एग्रोभेट, सदस्य विमा,दुग्ध डेरी तथा सौर्य उजा कार्यक्रम लगायतका सदस्य मुखि सेवा दिदै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन ।
लामो समयको अन्तरालमा संस्थाका सदस्यहरुमा पुग्न नसकोको अवस्थामा यस वर्षको सदस्य शिक्षा तथा वडा भेलाले सदस्यहरुमा उत्साह थपिएको र सहकारीका बारेमा देशभर फैलिएको अपवाहका बारेमा समेत सदस्यहरु स्पष्ट भएको दावि गरेका छन ।
कालीकोट जिल्लाका तिन नगर पालिका र ६ वटा गाउँ पालिकाका सबै वडाहरुमा सदस्य शिक्षा कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुखहरुको समेत सहभागि भएको र जिल्ला स्तरमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकिकृत समाजवादी),नेकपा(एमाले) लगायतका राजनैतिक दलहरु संग समेत अन्तरक्रिया कार्यक्रम गरिएको शिक्षा तथा तालिम विभाग प्रमुख कृष्ण प्रसाद बरालले जानकारी दिएका छन । उनका अनुसार यस वर्षको कार्ययोजनामा जम्मा ३ हजार सदस्यहरुमा सदस्य शिक्षा कार्यक्रम गर्ने योजना भएपनि ४३ प्रतिशत सदस्यहरुमा सहकारी सम्बन्धि चेतना अभिबृद्धि भएको बताइएको छ ।
सहकारीले उक्त शिक्षा तथा तालिम कार्यक्रममा विमा राहत, विपद राहत तथा सुत्केरी राहत समेत वितरण गर्नुका साथै एक सय जना नयाँ सदस्यहरु थप गरेको जनाइएको छ ।
यस सहकारी संस्थामा हाल ४४ जना कर्मचारी रहनुका साथै सदस्यहरुको २८ करोड १९ लाख बचत रहेको छ भने ८ करोड २६ लाख शेयर रहेको संस्थाका सुचना अधिकारी रुपेन्द्र ऐडीले बताएका छन । सुचना अधिकारी ऐडीका अनुसार संस्थामा हाल ३७ करोड कर्जा प्रवाह गरिएको छ ।
सहकारीले जिल्लामा ६० जनालाई प्रत्यक्ष र ३ हजार ३ सय बढिलाई अप्रत्यक्ष रोजगारी सृजना गरेको बताइएको छ ।

सहकारी संस्थाका ९ सय बढि सदस्यहरुले सुविधा तथा अन्य लागेका कुराहरुका बारेमा संस्थालाई सुझाव दिएका छन ।
उक्त सदस्य शिक्षा कार्यक्रममा संस्थाका अध्यक्ष काली बहादुर महतारा,उपाध्यक्ष दमिला शाही,कोषाध्यक्ष कृष्णकला पाण्डे, अन्य संचालक सहित मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य,कर्जा प्रमुख तथा सुचना अधिकारी रुपेन्द्र ऐडी, आन्तरिक लेखापरिक्षक मनिका बोहरा र शिक्षा तथा तालिम विभाग प्रमुख कृष्ण प्रसाद बराल सहित ९ वटै सेवा कार्यालय व्यवस्थापकहरुबाट सदस्य शिक्षा तथा भेटघाट कार्यक्रममको सहजिकरण गरिएको बताइएको छ ।




















Discussion about this post