कालीकोट । लगातारको वर्षाले कर्नाली राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षा भएपछि सुर्खेत जुम्ला सडक खण्डको गगने खोलामा पहिरो आए संगै सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेख, कालीकोट जिल्लाका विभिन्न ठाँउमा पहिरो गए संगै सडक अवरुद्ध भएको जनाएको छ । गगने खेला लगाएतका ठाउँम सडक अवरुद्ध भएकाले यात्रा गर्दा ध्यान दिन सडक डिभिजन कार्यालय जुम्लाले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार खाडाचक्र नगर पालिकाको वडा नम्बर १ मा जुम्ला देखि सुर्खेत जाँदै गरेको जिप दुर्घटना भएको र निरन्तरको वर्षाले जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको र खुला गर्न पहल भएको जनाएको छ ।




















Discussion about this post