रुपेन्द्र ऐडी, कालीकोट । सहकारीले आफ्ना मृतक शेयर सदस्यहरुको सम्झनामा बृक्षारोपाण गरेको छ । विहबार कालीकोट जिल्लामा रहेको हिमचुली कृषि सहकारी सस्था लि.खांडाचक्र नगर पालिका वडा न.१ मान्मले आफ्नै नाममा रहेको गल्लि स्थित जमिनमा सल्लो, देवद्धार,उत्तिस लगायतका एक सय बढि विरुवा बेक्षारोपण गरेको हो ।२०६५ साल भदौ २५ गते स्थापना भएको सहकारीले स्थापना काल देखि हाल सम्म मृत्यु भएका ६९ जना शेयर सदस्यहरुको सम्झनामा बृक्षारोपण गरेको संस्थाका मुख्या व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन । उनका अनुसार संस्थाका अध्यक्ष काली बहादुर महताराले तत्कालिन संचालक समिति सदस्य द्धय स्वर्गिय गोरिकला विक(नरहरिनाथ ६माल्कोट) र स्वर्गिय प्रभुलाल न्यौपाने (पलांता गाउँ पालिका वडा न.२ धौलागोह)का साथै संस्थाका सहायक व्यवस्थापक स्वर्गिय सिंह बहादुर शाही(महाबै ६ गेला)को नाममा विरुवा रोपेर उद्घाटन गरेको बताए । बृक्षारोपाण कार्यक्रममा संस्थाका अध्यक्ष महताराले देवद्धार जस्तो लामो समय रहने विरुवा लगाउदै सय वर्ष गड,सय वर्ष बढ भने जस्तै सहकारीको दिर्घकालिन रुपमा अघि बढ्ने अपेक्षा सहित हाम्रा अभिभावकका रुपमा रहनु भएका सबै सदस्यहरुको देनका कारण संस्था अघि बढेकाले हामी सबैको दायित्व संस्था विकासमा हुने विश्वास व्यक्त गरेका छन । बृक्षारोपण कार्यक्रममा सहकारीका उपाध्यक्ष सराेज बाेगटी, दमिला शाही , सचिव पौरख विक , काेषााध्यक्ष कृष्णकला पाण्डे सहित सबै सँचालक लगायत उच्च व्यवस्थान टिमका कर्मचारी सहित अन्य कर्मचारीकाे सहभागिता रहेकाे बताइएकाे छ ।
हिमचुली कृषि सहकारी संस्था लि.ले गल्लि स्थित ४ हजार वर्गमिटर जमिनमा टिमुर,ओखर,सल्लो,उत्तिस,देवद्धार लगायतका विरुवा लगाउदै कृषि फर्म संचालन गरेको हो । मृतक सदस्यहरुको सम्झनामा लगाएका विरुवा डिभिजन वन कार्यालय कालीकोटले उपलब्ध गराएको बताइएको छ ।
सहकारीको बारेमा
२०६५ साल साउन २९ गते बद्रिगाउँमा पहिलो भेला गरी स्थानिय कृषकहरुको उपस्थितिमा तत्कालिन फुकोट गाविस अध्यक्ष काशिचन्द्र बरालको नेतृत्वमा गठन भएको सहकारीमा २५ जना कृषकहरुको सहभागिता भएका् थियो । जसको जिल्ला सदरमुकाम मान्ममा २०६५ साल असोज १३ गते कार्यालय उद्धघाटन गरी बजारमा समुदायलाई फोटो कपि गर्न चर्काे मुल्य लिदै आएको अवस्थामा सस्तो दरले फोटोकपिको मुल्या कायम गरेर इटेलि सेन्टर शुरुवाति गरेर कारोबार शुरु गरिएको हो । हाल यस सहकारीका १५हजार पांच सय बढि सदस्य रहेकोमा ३६ करोड २४ लाख कर्जा प्रवाह, २८ करोड सदस्यहरुको बचत कारोेबारका साथै साढे आठ करोड शेयर रकम रहेको छ । जिल्लाभर ११ वटा सेवा कार्यालय रहेको सहकारीले सुपथ मुल्य पसल संचालन गर्दै स्थानियको कृषि वस्तु संकलन गर्दै आएको छ भने जिल्ला सदरमुकाम मान्ममा अर्गानिक पसलका साथै सदस्यहरुको बचत तथा ऋणको कारोबार गर्दै कृषि प्रणालिलाई सुधारका लागि विभिन्न कारोबार गर्दै आएको छ ।
प्रत्यक्ष रुपमा ४५ जनाले रोजगारी पाएको यस सहकारीमा अप्रक्ष्य रुपमा २ हजारको हाराहारीमा रोजगारी सृजना गरेको जनाइएको छ । हाल यस सहकारी संस्थाका अध्यक्ष काली बहादुर महतारा र मुख्य व्यवस्थापकको जिम्मेवारीमा जगेन्द्र प्रसाद आचार्य रहेका छन ।




















Discussion about this post