रुपेन्द्र ऐडी / कालीकोट । सहकारीले मृतक सदस्यका परिवारलाई छ लाख राहत हस्तान्तरण गरेको छ । पलाता गाउँ पालिका वडा न.३ छलाँहा निवासि सहकारीकी सदस्य सदु बुढाका श्रीमान सर्पराज बुढालाई उक्त राहत हस्तान्तरण गरिएको हो ।
हिमचुली कृषि सहकारी संस्था लि.की शेयर सदस्य भई बचत तथा ऋणको कारोबारमा सक्रियता जनाउदै आएकी सदु बुढाको गएको बैशाख ७ गते ट्याक्टर दुर्घटनामा परि निधन भएको थियो । स्वर्गिय सदु बुढाले सहकारीबाट रु.२ लाख कर्जा लिएकोमा रु.२ लाख कर्जा मिनाह गरिएको र थप राहत वापत रु २ लाख सहित सदस्य दुर्घटनाबाट रु.२ लाख गरी जम्मा छ लाख राहत हस्तान्तरण गरिएको सहकारीका पलांता सेवा कार्यालय व्यवस्थापक सरिता न्यौपानेले बताइन । उनका अनुसार कालिका मावि छलाँहमा पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया सहित स्थानियको सहभागितामा उक्त राहत हस्तान्तरण गरिएको हो । सहकारीका तर्फाबाट संचालक सर्जन बुढा, आलेप मनिका बोहरा, व्यवसाय व्यवस्थापक शन्तोष भण्डारी सहित शेयर सदस्यहरुको सहभागितामा उक्त राहत हस्तान्तरण गरिएको हो ।
राहत हस्तान्तरण गर्दै पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले हिमचुलि कृषि सहकारी संस्थाले केवल गाउँमा आएर बचत तथा ऋणको कारोबार मात्र नभई मानविय भावनालाई सम्बोधन गर्दै जिवन परिवर्तनको बाटोमा अघि बढेको बताएका छन । यस सहकारीले कालीकोट जिल्लाभर गरेका राम्रा कामहरु पलांता बासिले आत्मसाथ गर्दै सबै गोलबन्द हुनु पर्नेमा जोड दिएका छन । कारोबारका आधारमा ५ रुपैया विमा वापत शुल्क भुक्तान गरेकै आधारमा सदस्यहरुलाई दुर्घटनाबाट मृत्यु भएमा २ लाख सम्मको राहत दिनु राम्रो कार्य भएको बताए ।
हिमचुली कृषि सहकारीका सदस्यहरुको कालगति मृत्यु भएमा रु.१ लाख र दुर्घटनाबाट मृत्यु भएमा रु २ लाखका साथै कर्जा विमा मिनाह समेत गर्ने गरेको छ । यस वर्ष सहकारीका ८ हजार सदस्यको विमा गरिएको सहकारीले जनाएको छ ।
२०६५ सालमा स्थापना भएको सहकारीका हाल १५ हजार ५ सय ५८ जना सदस्यका साथै जिल्लाका नौ वटै स्थानिय तहमा सेवा केन्द्र स्थापना गरेर वित्तिय तथा गैर वित्तिय कारोबार गर्दै आएको सहकारीका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन । यस सहकारीले जिल्लाभर कर्जा प्रवाह,बचत कारोबार मात्र नभई कृषि वस्तको खरिद विक्रिको कारोबार समेत गर्दै आएको बताइएको छ ।
अार्थिक वर्ष २०८१।०८२ मात्र कर्जा विमाकाे हकमा २८ लाख र सदस्य विमाकाे हकमा १७ लाख ५० हजार गरी ४५ लाख ५० हजार विमा राहत वापत सदस्यलाइ हस्तान्तरण समेत गरिएकाे सहकारीले जनाएकाे छ ।



















Discussion about this post