हिमचुली सहकारीद्धारा छत्ति सिमखाडाका घरपरिवारलाई राहत हस्तान्तरण

रुपेन्द्र ऐडी / कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि. कालीकोटले मृतक सदस्यका घरपरिवारलाई राहत हस्तान्तरण गरेको छ । सहकारीले रास्कोट नगर पालिका वडा न. २ निवासि संस्था की सदस्य स्वर्गिय छत्ति सिमखाडाका घरपरिवारलाई एक लाख सदस्य सुरक्षण वापत राहत प्रदान गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराको उपस्थिति तथा रास्कोट २ का वडा अध्यक्ष ध्रुब संज्याल र पुर्व वडा अध्यक्ष तथा नेकपा(एमाले)का नेता दयाराम सिमखाडाको उपस्थितिमा उक्त राहत छत्ति सिमखाडाको घरमा पुगे राहत हस्तान्तरण गरिएको सेवा कार्यालय रास्कोटका व्यवस्थापक जमुना कुमारी आचार्य ले बताएकी छन । उनका अनुसार कालगतिले गएका साउन ४ गते मृत्यु भएकी छत्ति सिमखाडा लामो समय देखि सहकारीको सदस्य भई बचत तथा कर्जा कारोबारमा सक्रिय रहदै आएका थिइन ।
सो कार्यक्रममा वडा अध्यक्ष ध्रुव संज्यालले हिमचुली सहकारी दुख सुखको साथि भएको बताएका छन ।त्यसै गरी पूर्व वडा अध्यक्ष दयाराम सिमखाडाले कालीकोट जिल्लामा हिमचुली सहकारी संस्थाले जनतालाई बचत मात्र नगराई सेवा मुलक काम समेत गरेको बताएका छन ।

सहकारीका तर्फाबाट राहत हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष काली बहादुर महताराले सदस्यको वास्तविक जिवन परिवर्तन हुने गरी सहकारी संस्था लागि परेको र संस्थामा आवद्ध महिला तथा पुरुष सदस्यहरुको जिवनको भविष्य प्रति आउने जोखिम न्युनिकरण गर्न सदस्य सुरक्षण गर्द आएको र हाल सम्म १२ जनालाई साढे अठार लाख सदस्य सुरक्षण वापत राहत हस्तान्तरण गरिएको बताएका छन ।

यस अघि रास्कोट नगर पालिका वडा न. ६ की औला दमाइलाई चैत्र २४ गते एक लाख विमा राहत हस्तान्तरण गरिएको थियो ।
हिमचुली कृषि सहकारी संस्था लि. कालीकोटले आफ्ना सदस्यहरुको कालगति तथा दुर्घटना विमा गर्दै आएको छ । हाल १५ हजार पांच सय ९८ जना शेयर सदस्य रहेका सहकारीका कालीकोट जिल्ला भर सेवा केन्द्र रहेका छन भने विभिन्न कारोबार गर्दै आएको छ ।

२०६५ साल भाद्र २५ गते स्थापना भएको सहकारीले ५० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमिा साढे आठ हजारलाई रोजगारी सृजना गरेको सफल सहकारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6