बाढिपहिराेबाट १० कराेड बराबरकाे क्षति, इलाममा मात्र ३७ जनाकाे ज्यान गयाे

काठमाडौं, असोज १९। दुइ दिन सम्म परेकाे अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण क्षति भएको जनाइकाे छ ।

‘प्रारम्भिक विवरण अनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् र करिब ५०० हेक्टर धान खेतमा क्षति भएको जनाइएको छ । सोही नदीले झापा गाउँपालिका–२ कुवाडीमा थप २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जमिनमा क्षति पुर्‍याएको छ । जसको अनुमानित लागत ७५ लाख रुपैयाँ पुगेको छ ।  यसैबीच, मेची नदीले विभिन्न स्थानका स्परमा क्षति पुर्‍याएको छ भने यसको लागत करिब ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

विराटनगर महानगरपालिका–६ र १२ मा केशलिया नदीको बाढीले ७५ घरधुरी डुबानमा पारी विस्थापित हुनुपरेको छ । सिरहामा कमला नदीले पटेरुवाको तटबन्धमा क्षति पुर्‍याएको छ जसको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ । रौतहटमा लालबकैया नदीले मौलापुर र बौदीमाई क्षेत्रमा करिब १८० मिटर तटबन्ध बगाउँदा करिब ३०० हेक्टर धान खेत र २०० घर गोठ डुबानमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, महोत्तरीमा रातो नदीले बलवा, लोहरपट्टी, रतबारा तथा जलेश्वर क्षेत्रका तटबन्ध कुल ८९० मिटर कटान गरी ८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । यसले सदरमुकाम जलेश्वर समेत बाढीको उच्च जोखिममा पारेको छ ।

सिंचाइतर्फ भने विभिन्न आयोजनाका गेट समयमै सञ्चालन गरिएकाले ठूला संरचनागत क्षति नभएको जनाइएको छ । तर, झाँज सिंचाइ प्रणाली नजिकै मोहमदपुर गाउँ डुबानमा परेको छ भने सुनसरी–मोरङ, बाग्मती र नारायणी सिंचाइ आयोजनाभित्रका खोल्साले खेती योग्य जमिनमा कटान गरेका छन् ।

यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन् ।

त्यस्तै, कोशी र बाग्मती प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ लगायत पहाडी जिल्लामा पहिरोका घटनाहरू भएका छन् । यद्यपि त्यस क्षेत्रका क्षतिको विस्तृत विवरण संकलन भइसकेको छैन् ।

#दैनिक नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6