कर्नालिमा जनार्दन पक्षधर खुल्न थाले, देविराम देबकोटाले विज्ञप्ति निकाल्दै प्रगतिशिल अभियानमा लागेको खुलासा

कालीकोट । नेकपा (माओवादी केन्द्र) र नेकपा(एस) सहितका विभिन्न दलहरु एकिकरण पछि विभिन्न पार्टीमा खैलाबैला भए संगै कर्नालि प्रदेशका जनार्दन शर्मा प्रभाकरले पार्टीमा गरेको विद्रोह पछि नेता कार्यक्रता खुल्न थालेका छन ।

एकल रुपमा देखिएका प्रभाकर अहिले कर्नालि प्रदेशका विभिन्न जिल्लामा भने नेताहरु खुलेर उक्त अभिायनलाइ साथ दिन थालेका छन ।

यहि क्रममा कर्नालि प्रदेश कमिटी सदस्य समेत रहेका कालीकोटका देविराम देबकोटाले एक विज्ञप्ति निकाल्दै आफु पुरानो सोच विचार भन्दा पनि जेन्जि पुस्ताको माग अनुसार नयाँ बाटोमा अघि बढ्ने बताएका छन । उनले आफु प्रगतिशिल अभियानमा अघि बढेको बताएका छन ।
देविराम देबकोटाको विज्ञप्ति
देश र जनताको मुक्तिको सपना बोकेर सुरु गरिएको आन्दोलन आज दिशाहीन बन्न पुगेको छ। म बिगतमा रहेको पार्टी नेतृत्वले क्रमशः आफ्ना सहयोद्धाहरूलाई लखेट्दै, वैचारिक मार्गभन्दा सत्ताको सहारामा टिक्ने बाटो रोजेको स्पष्ट भइसकेको छ।

यो यात्रामा न सिद्धान्त जोगाउन सकियो, न संगठन न जनताको विश्वास, न त पार्टीको साख। यहाँसम्म कि नेतृत्वले आफ्नै लागि एउटा निर्वाचन क्षेत्र सुरक्षित राख्न नसक्नुले विगतका उपलब्धि र जनविश्वासलाई पूर्णरूपमा खुइल्याएको छ। यसरी आन्दोलनको मूल आत्मा कमजोर पार्दै अवसरवादको चरम उदाहरण प्रस्तुत गरिएको छ।

हिजो ‘नेकपा’ एक हुँदा जनतामा देखिएको आशा र उत्साह आज हराइसकेको छ। आजको राजनीतिक मिलन विचार र आदर्शमा होइन, स्वार्थ र अस्तित्वको सौदाबाजीमा आधारित देखिन्छ। यही कारणले अहिले कार्यकर्ताहरूमा अब कुनै वैचारिक भरोसा वा भावनात्मक सम्बन्ध बाँकी छैन।

त्यसैले अब म नयाँ जेन्जी पुस्ताको माग अनुसार परिवर्तनको बाटोमा अघि बढ्ने तर पुरानो सोच,पुरानो नेतृत्व र शैलीमा सीमित रहन चाहँदैन। देशलाई नयाँ विचार, नीतिगत स्पष्टता र युवा पुस्ताको नेतृत्व आवश्यक छ। यही दृष्टिकोणका साथ म अहिले तयार हुँदै गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ सँग आबद्ध हुने निर्णय गरेको घोषणा गर्दछु ।
देविराम देवकोटा ( कालिकोट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6