सुर्खेत । सहकारीहरुको उचित व्यवस्थापन र नियमन गर्न सरकार प्रतिबद्ध नरहेको सरोकारवालाले आवाज उठाइएको छ । कर्नाली प्रदेश स्थित सहकारी अगुवाहरुको उपस्थितिमा भएको छलफलमा उक्त कुरा उठाइएको हो ।
राष्ट्रिय सहकारी बैंक लि. को २२ औं वार्षिक साधारण सभाको तयारी बैठकमा बोल्ने सहकारी कर्मिले पश्चिमका अधिकांस सहकारी निति बमोजिम चलेको तर बाह्य क्षेत्रमा परेको प्रभावले अर्थ नराख्ने बताए । विरेन्द्रनगर साकोसका अध्यक्ष बम बहादुर विसी लगाएतका सहकारी कर्मिले प्रदेशका सहकारी सम्बन्धि भूमिकामा अपुग रहेको बताए । त्यसै गरी पछिल्लो समयमा सहकारी नियमनकारी निकाय धेरै भएकोले दायित्त्व पूरा गर्न नसकिएको महसुस गराएको बताए ।
राष्ट्रिय सहकारी बैंक लि. का संचालक काली बहादुर महताराको अध्यक्षतामा भएको पूर्व तयारी बैठकमा राष्ट्रिय सहकारी महासंघ नेपाल का संचालक काशिचन्द्र बराल र हरिहर नाय योगीले पछिल्लो अवस्थामा जानकारी गराएको थिए । महासंघका संचालक हरिहरनाथ योगीले सहकारीको नेतृत्व गर्ने सहकारी बैंकलाई अघि बढाउन सबैले भूमिका निर्वाह गरेको बताए ।
त्यसै गरी महासंघका संचालक काशीचन्द्र बरालते नेपालको सहकारी सहि अवस्थामा आएको बताए । संचालक बरालले नेपालका सहकारीमा २०५६ साल देखि आएको स्मरण गर्दै अहिलेको समस्या समाधान गर्न तर्फ ऐन कानुनले गराएको औल्याउदै अहिले अभियानका तर्फबाट भूमिका निर्वाह गरेको तर राज्य त्यसको पक्षमा नरहेको दावि गरेका छन ।
निति विधिमा रहेका वास्तविक सहकारीको हिजो पनि संकटमा नआएको र भोली पनि नआउने ठोकुवा समेत गरेका छन । कर्नाली प्रदेशमा बैंकमा आवद्ध भएका ७ सय ९ वटा सहकारी रहेको सहकारी वैंक का सुर्खेत शाखाका प्रवन्धक सागर नाथ योगीले जानकारी दिएका छन । राष्ट्रिय सहकारी बैंक लि. सुर्खेत शाखाको मंसिर ६ गते एकाइ साधारण सभा हुने जनाइएको छ ।




















Discussion about this post