कालीकोट । स्थानिय तहमा भौतिक संरचना निर्माणको कामले तिव्रता पाएको छ । स्थानिय तहको संरचना निर्माण संगै भाडाको घरमा प्रशासनिक कामकाज गर्दै आएका अधिकांस नगर तथा गाउँ पालिकाहरुमा भौतिक संरचना निर्माणकाे कार्य बढ्न थालेका छन् ।
कालीकोट जिल्लाका ४ वटा स्थानिय तहले आफ्नै भवनमा कामकाज शुरु गरेका छन । जिल्लाको पचालझरना गाउँ पालिका, नरहरिनाथ गाउँ पालिका र रास्कोट नगर पालिकामा यस अघि प्रशासकिय भवन निर्माण भएको र सान्नित्रिवेणि गाउँ पालिकामा आज औपचारिक उद्घाटन गरिए संगै ४ वटा स्थानिय तहले आफ्नै भवनबाट कामकाज शुरु गरेका हुन । सान्नित्रिवेणि गाउँ पालिकाको प्रशासकिय भवनको औपचारिक रुपमा कर्नालि प्रदेशका मुख्यमन्त्रि यामलाल कर्णेलले उद्घाटन गरेका हुन ।
कालीकोट जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकामा आइपुगेका मुख्यमन्त्रि कर्णेलले सम्बोधनका क्रममा अहिलको जेन्जि आन्दोलन र संघिय सरकारको कामकार्वाही प्रति अधिकांस खर्चिदै विकासको बाधकका रुपमा ध्वंसात्मक क्रियाकलापले देशको विकास नहुने बताएका छन ।
आफुले कर्नालि नयाँ बनाउने सपना देखेको र उक्त सपना साकार पार्न सबै कर्नालि बासिले साथ दिनु पर्नेमा जोड दिएका छन ।
मुख्यमन्त्रि भइसकेपछि दोस्रो पटक कालीकोट आइपुगेका मुख्यमन्त्रि कर्णेलले विकासमा सबै पक्षको साथ रहनु पर्नेमा जोड दिएका छन । उनले दल विहिन राज्य व्यवस्थाको कल्पना समेत गर्न नसकिने बताउदै अहिलेको सरकार कानुन विपरित अघि बढेको बताएका छन ।

उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख धनजित शाही सहित विभिन्न राजनैनिक दलका नेताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा स्थानिय निर्माण व्यवसायिहरुलाई सम्मान समेत गरिएको बताइएको छ ।


















Discussion about this post