कालीकाेटमा माओवादी द्धारा पूर्व समाजवादीका नेता बिष्ट सम्मानित

कालीकोट । विप्लव नेतृत्वको नेकाप(माओवादी) कालीकोटले नेपालि कम्युनिष्ट पार्टीका नेता तुलाराज विष्टलाई सम्मान गरेको छ । आफ्नो पार्टीको १२ औं पार्टी पुनगठन दिवसका अवसरमा जिल्ला सुदरमुकाम मान्ममा आयोजन गरेको सन्देश सभाका क्रममा सम्मान गरेको हो ।

नेकपा(माओवादी)का केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज विवेक सि,जिल्ला सेक्रेटरी डण्डविक्रम विक बलवान सि, केन्द्रिय सदस्य रणदिप सि लगायतका नेताहरुको उपस्थितिमा भएको सभा बजार परिक्रमा सहित कोण सभा गरिएको थियो । नेकपा(एकिकृत समाजवादी) का ेकन्द्रिय सदस्य समेत रहेका नेपालि कम्युनिष्ट पार्टी(नेकपा)का नेता तुलाराज विष्ट कालीकोटको कम्युनिष्ट इतिहांसको ज्ञाता भएको भन्दै सम्मान गरेको बताइएको छ ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य विवक सि लगायतका नेताहरुले दोसल्ला माला ओढाएर सम्मान गरेका हुन । आफु सम्मानित हुंदा गौरवको महसुस गरेको बताउदै तुलाराज विष्टले कालीकोटमा कम्युनिष्टको शुरुवाति चरण बेग्लै भएको र अहिले कालीकोट जिल्ला कम्युनिष्ट मय भएको देख्दा गौरवको महसुस हुने गरेको समेत बताएका थिए । कालीकोट जिल्लामा विप्लव नेतृत्वको नेकपा स्थापना गरेको अवसरमा देशभर सन्देश सभा गरेको हो ।
बजार परिक्रमाका क्रममा हातमा गुलावका फुल लिएर आएका नेता तथा कार्यक्रताहरुले पुंजिवादी दलाल व्यवस्थाको भने विरोध गर्दै चर्का नारा लगाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6