रास्कोटमा पिंगलादेवि आधारभुत विद्यालयको भवन रास्कोट नगर प्रमुख शाहीद्धारा उद्घाटन

कालीकोट । रास्कोटमा ४ कोठे भवनको उद्घाटन गरिएको छ । रास्कोट नगर पालिकाका नगर प्रमुख धर्मराज शाही सहितका जनप्रतिििनधिहरुको उपस्थितिमा रास्कोट वडा नम्बर ९को फुकोटमा रहेको पिंगलादेखि आधारभुत विद्यालयका ४ कोठे भवनको उद्घाटन गरिएको हो ।

रास्कोट नगर पालिका नगर उपप्रमुख मनिराज बराल,वडा न. ९का वडा अध्यक्ष धनबहादुर धामि सहितको उपस्थितिमा उद्घाटन गरिएको हो । पछिल्लो समयमा रास्कोट नगर पालिकामा भौतिक संरचनाको तिव्रतामा जोड दिइएको छ । सानो भुगोल संगै सहज रुपमा विकास निर्माणका कामकावार्हीहरु गर्न स्थानिय सरकारले तिव्रता दिन थालेका छ ।

पछिल्लो समयमा रास्कोट नगर पालिकाको प्रशासकिय भवन, मिनि मार्केट, १० सैयाको अस्पताल निर्माण देखि इलाका प्रशासन कार्यालयका साथै अधिकांस वडा कार्यालयहरु निर्माण भएका छन । राज्यको विकासको चरणमा भौतिक संरचनाले पनि महत्व राख्ने भएकाले रास्कोट नगरपालिकामा सबै वडामा विद्युत, सडक र शिक्षामा गुणस्तरका लागि नगर सरकार अग्रसर रहेको बताइएके छ । उक्त विद्यालयकाे भवनकाे काम गएकाे वर्षबाट शुरु भइ समयमै सम्पन्न पछि उद्घाटन गरिएकाे विद्यालयका प्रधानध्यापक बेद प्रसाद बरालले जानकारी दिएका छन ।

विकास निर्माणमा नमुना बनाउने हुटहुटी रहेका नगर प्रमुख धर्मराज शाही र उपप्रमुख मनिारज बरालको एक आपसिल मेलमिलापले विकासको गति अघि बढको जानकारहरु बताउछन । स्थानिय सरकारले पछिल्लो समयमा रचनात्मक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

रास्कोटको माथिल्लो लेकालि क्षेत्रको वन तथा पाटनको संरक्षण,स्थानिय स्तरमा मेयर हेल्थ कार्यक्रम जस्ता जनमुखी कार्यक्रमले झनै रास्कोट सरकारको लोकप्रियता बढेको स्थानियले बताउन थालेका छन ।

रास्काेट सरकारका प्रमुख धर्मराज शाहीले रास्काेटकाे विकासका लागि सबैकाे रचनात्मक सहयाेग जरुरी रहेकाे बताउदै साथ दिनकाे लिदै अघि बढ्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6