पत्रकार आचार्यको रहस्यमय मृत्यु आफन्तद्वारा आन्दोलन 

कालीकोट । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा तिला मिडिया प्रा . लि. का संचालक बिरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर सुर्खेतमा आन्दोलन शुरु भएको छ । पत्रकार तथा  आफन्तहरूको सहभागितामा शान्तिपूर्ण आन्दोलन भएको छ । शुक्रवार साँझ आचार्य चढेको स्कुटर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को कार्यालय अगाडि मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा भएको थियो ।

जुम्लारोडको  मूलपानी चोकबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्नाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र  आचार्यको लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

कालीकोट जिल्ला  शुभकालिका गाउँपालिका ६ हाउडी घर भई हाल सुर्खेतमा बस्दै आएका पत्रकार आचार्यको उपचारको क्रममा गएराति कर्नाली प्रदेश अस्पतालमा मृत्यु भएको भनिएपनि घटना स्थलमा भने संकास्पद भएको देखिएको छ  ।

उक्त दुर्घटनाबाट मृत्यु पछि सुर्खेत र कालीकोटमा आफन्तले टायर बालेर सडक अवरुद्ध  गरिएको हो। आफन्तले घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कारबाही र मृतक आचार्यका परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । त्यसै गरी ग्रह जिल्लामा पनि आन्दोलन शुरु गरिएको छ ।

प्रेस सेन्टर कर्नाली प्रदेशका महासचिव अशोक सिंह र प्रेस सेन्टर कालीकोटका उपाध्यक्ष पूर्ण सिंह बम द्वारा हस्ताक्षरीत शोक वक्तव्यमा दोषिलाई छानविन गरी कार्वाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6