पत्रकार विरेन्द्र आचार्यको मृत्युको विरोधमा कालीकोटमा आन्दोलन

कालीकोट । पत्रकार विरेन्द्र आचार्यको मृत्युलाई लिएर कालीकोटमा विरोध जनाएका छन । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा तिला मिडिया प्रा.लि.का संचालक रहेका आचार्यको रहस्यमय तरिकाले स्कुटीमा भएको दुर्घटनाका कारण शुक्रबार सांझ निधन भएको थियो ।

आचार्यको रहस्यमय मृत्यु भएको घटनालाई लियर सुर्खेतमा पनि विहान देखि आन्दोलन शुरु भएको छ । पत्रकार तथा  आफन्तहरूको सहभागितामा कालीकोट जिल्लाको मान्म बजारको सुर्खेत जुम्ला सडक अन्तरगत जिरोप्वइन्टमा टायर बालेर सडक अबरुद्ध गरिएको थियो । शान्तिपूर्ण आन्दोलनका क्रममा मान्म बजार परिक्रमा गरी आफन्त तथा पत्रकारहरुले रहस्यमय मृत्यु भएकाले सत्यतथ्य छानविनको माग गरेका छन । आफन्तका तर्फबाट प्रवानन्द आचार्यले एक जना होनहार पत्रकारको रहस्यमय मृत्युले कालीकोटका लागि अपुरणिय क्षेति भएको बताउदै घटनाको सत्यतथ्य छानविन नभए सम्म आन्दोलन जारी रहेन बताएका छन ।

त्यसै गरी आफन्त पुष्पराज आचार्यलये घटनामा संलग्न पक्राउ परेको शाहीको आचरण राम्रो नभएको दावि गर्दै सो क्षेत्रका समुदाय समेत दैलेखि हुनुले संरक्षण र गुपचु गराउन खोजिएको आरोप लगाएका छन । प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य रत्न कार्कीले पत्रकार आचार्यको मृत्युको घटना गम्भिर रुपमा लिई राज्यले सहि सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन । सुर्खेत जिल्लामा आफन्तहरुले प्रमाण समेत लुकाएको भन्दै छानविन गर्दै मृतक आचार्यलाई न्याय दिन माग गरेको छन । मोटर साइकलमा सवार ऐनबहादुर शाही कर्नाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र  आचार्यको लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

कालीकोट जिल्ला  शुभकालिका गाउँपालिका ६ हाउडी घर भई हाल सुर्खेतमा बस्दै आएका पत्रकार आचार्यको उपचारको क्रममा गएराति कर्नाली प्रदेश अस्पतालमा मृत्यु भएको भनिएपनि घटना स्थलमा भने संकास्पद भएको देखिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6