कालीकोट । पत्रकार विरेन्द्र आचार्यको मृत्युलाई लिएर भएको आन्दोलन फिर्ता भएको छ ।
प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा तिला मिडिया प्रा.लि.का संचालक रहेका आचार्यको रहस्यमय मृत्यु भएको भन्दै गरिएको आन्दोलन फिता लिइएको छ ।
मृतक वीरेन्द्र आचार्यका दाजु अर्जुन आचार्यले किटानी जाहेरी दर्ता पछि आन्दोल फिर्ता लिएको बताइएको छ । मृतक आचार्यको सव आफन्तले बुझेर आइतवार भेरी नदिमा दाहसंस्कार गरिने जनाइएको छ । कर्नाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्यको लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर शुक्रवार दुर्घटना भएको थियो ।




















Discussion about this post