हिमचुली सहकारीको एकाई साधारण सभा शुरु

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.को एकाई स्तरिय साधारण सभा शुरु भएको छ । जिल्लाको तिलागुफा नगर पालिकामा एकाई बैठक नम्बर एक शरु भएको छ । संस्थाको १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिबेशनका लागि जिल्लाका ६ वटा एकाई स्तरमा शुरु भएको साधारण सभाको पहिलो दिनमा एकाई नम्बर १ नाग्ममा भएको कार्यक्रममा संस्थाका सदस्य तथा तिलागुफा नगर पालिका वडा न.१का वडा अध्यक्ष मनबहादुर बुढाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य, जेष्ठ सदस्य लगायतका सरोकारवालाहरुको उपस्थितिमा एकाई बैठक भएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन ।

आचार्यका अनुसार वार्षिक साधारण सभाको एकाई बैठकमा संस्थाका अध्यक्ष काली बहादुर महताराले आर्थिक वर्ष २०८१।०८२को वार्षिक प्रगति प्रतिवेदन र आगामि कार्ययोजनाका बारेमा जानकारी गराएको र संस्थाका कोषाध्यक्ष कृष्णकला पाण्डेले आर्थिक प्रतिवेदन र आ.व. २०८१। ०८२को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेको बताइएको छ ।
सहकारी संस्थाको व१७ औं वार्षिक साधारण सभा एकाई नम्बर १मा उत्कृष्ट व्यवसायि (भेडा पालन) तर्फ सुलछिना शाही,जेष्ठ सदस्य देउकला शाही र नियमित बचत कर्ता राजिन्द्रा महतारा (बुढा)लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सेवा कार्यालय नाग्मका व्यवस्थापक चन्द्रम्णि आचार्यका अनुसार साधारण सभामा छिटो आउने सदस्य मैया पाण्डेलाई समेत पिलेट दिएर सम्मान समेत गरिएको छ ।
जिल्लाका ९ वटै पालिकामा पौष ५ गते भित्र एकाइ साधारण सभा गरी पौष १५ गते केन्द्रिय एकाई साधारण सभा तथा निर्णय प्रमाणिकरण बैठक बसि नयाँ कार्यसमिति चयन समेत गरिने बताइएको छ ।
सहकारीका हाल १५ हजार ९ सय ९८ सदस्यहरुमा ३६ करोड कर्जा प्रवाह गरिनुका साथै २९ करोड १६ लाख बचत रहेको छ भने जिल्लाका ९ वटै स्थानिय तहमा सेवा केन्द्र रहेको सहकारीले २०६५ सालमा दर्ता भई विभिन्न कारोबार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6