हिमचुली सहकारीद्धारा जेष्ठ सदस्य सम्मानित

कालीकोट । हिमचुली कृषि सहकारी संस्थाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीले आफ्नो १७ औं वार्षिक साधारण सभा अन्तरगत एकाई नम्बर १ र २ को बैठकमा तीन जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो । नाग्म सेवा कार्यालय अन्तरगत तिलागुफा नगर पालिका वडा नम्बर ३ की देउकलि शाही, तिलागुफा नगर पालिका ६का विष्णु बहादुर शाही र खांडाचक्र नगर पालिका वडा न.७ की अना मल्ललाई दोसल्ला ओढाई सम्मान गरेको हो ।

सहकारीमा लामो समय देखि सामाजिक सुरक्षाबाट प्राप्त रकमलाई सहकारीमा बचत गर्दै आएका तीनै जनालाई सम्मान पत्र सहित साधारण सभामा सम्मान गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन । सहकारीले त्यति मात्र नभई व्यवसायिक सदस्य ३ जना, नियमित बचत कर्ता तिन जनालाई सम्मान गरेको बताइएको छ । सहकारीले १७ औं वार्षिक साधारण सभा अन्तरगत दुई वटा एकाईको साधारण सभा सम्पन्न गरेको र जिल्लाका अन्य पालिकामा समेत साधारण सभा तयारी गरेको छ । सहकारीले अन्तिम केन्द्रिय एकाई साधारण सभा आगामि पौष १५ गते गर्ने जनाइएको छ ।

विद्यालयलाई सामुदायिक सहयोगको घोषणा ःखांडाचक्र नगर पालिकाको वडा न.७ पिलिमा रहेको कालिका माध्यमिक विद्यालयलाई सहकारीले १० हजार बराबरको आर्थिक सहयोग गर्ने भएको छ । स

हकारी संस्थाले १७ औं वार्षिक साधारण सभाका क्रममा कालिका माध्यमिक विद्यालय गठन भएको सहकारी युथ क्लवको समन्वयमा १० हजार रकम बराबरको शैक्षिक सामाग्रि तथा अन्य व्यवस्थापन गर्ने घोषणा गर्दै संस्थाका अध्यक्ष काली बहादुर महताराले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका छन । उक्त विद्यालयमा सहकारी युथ क्लवबाट विभिन्न सामाजिक चेतना अभिबृद्धिका कार्यक्रम समेत गर्ने सहकारीले जनाएको छ ।
हिमचुली कृषि सहकारी संस्था लि.को स्थापना भएको १७ वर्षको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6