पलाताका बासिन्दाको नेतृत्वमा स्वतन्त्र उम्मेद्धार जिवन बुढाको प्रचार समिति गठन

कालीकोट । नेपालि कम्युनिष्ट पार्टीबाट विद्रोहको शुरुवात गरेका जिवन बुढाले स्वतन्त्र उम्मेद्धारी दिए संगै कालीकोटमा चुनावि मावल फरक बनेको छ । लगातार चौथो पटक निर्वाचनमा आफुले मात्र दावि गरेपछि कालीकोटमा दोस्रो पटक महेन्द्र बहादुर शाही विरुद्ध स्वतन्त्र उम्मेद्धारी दर्ता भएको हो ।

निर्वाचन परिचालन समितिमा ५१ सदस्य रहेको बताइएको छ । आज बसेको निर्वाचन परिचालन समितिको बैठकले मानबहादुर भण्डारी(बासिन्दा)को नेतृत्वमा गठन गरिएको बताइएको छ । उक्त निर्वाचन परिचालन समिति संगै निर्वाचन क्षेत्र क र ख मा एक सय एक सदस्य अलग अलग निर्वाचन परिचालन टिम बनाइने र पालिका स्तरमा समेत चुनाव प्रचार प्रसार समिति गठन गरिने स्वतन्त्र उम्मेद्धारका प्रचार प्रसार समिति सदस्य मनसिंह शाहीले जानकारी दिएका छन ।
एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोट जिल्लामा दुई स्वतन्त्र गरी ११ वटा दलबाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दार्त भएका छन । नेपालि कम्युनिष्ट पार्टी कालीकोटका तर्फबाट महेन्द्र बहादुर शाही, नेपालि कांग्रेसबाट हर्ष बहादुर बम, नेकपा(एमाले)बाट नगिन्द्र शाही, नेकपा(माओवादी)बाट खडगबहादुर विश्वकर्मा, राष्ट्रिय स्तन्त्र पार्टीबाट प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने, नेमकिपाबाट नन्द बहादुर शाही, राप्रपाबाट सुर्यबहादुर शाही, राजमोबाट अजय गिरी, देशभक्त समाजका तर्फाबाट प्रेमसिंह तिरुवा सहित नेपालि कांग्रेसबाट स्वतन्त्र उम्मेद्धार बनेका भुपेन्द्रजंग शाही, र नेकपाबाट स्वतन्त्र उम्मेद्धारी दिएका जिवन बुढा सहित अन्य स्वतन्त्र तर्फ अस्मिन कुमार विष्ट,मानबहादुर तिरुवा समेतको मनोनयन पछि जिल्ला सदरमुकाम मान्ममा बेग्लै रौनक छाएको छ ।

यस पटकको निर्वाचन बेग्लै हुनुका साथै परिणाम फरक आउनेमा जानकारहरु बताउछन । २०६४ सालमा तत्कालिन नेकपा(माओवादी)बाट खड्गबहादुर विक संविधान सभा सदस्यमा विजयी भएका थिए भने २०७० सालमा माओवादीका तर्फबाट महेन्द्र बहादुर शाही, २०७४ सालमा पुन माओवादीका तर्फबाट दुर्गबहादुर रावत र २०७९ सालको निर्वाचनमा पनि नेपालि कांग्रेस संग गठबन्धन गरेर पुन महेन्द्र बहादुर शाहीले विजय हांसिल गरेका थिए । अहिले पनि नेपालि कम्यसनिष्ट पार्टीबाट फेरी महेन्द्र बहादुर शाहीले दावि गरेपछि विद्रोह शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6