नेकपा कालीकोटमा जिबन बुढाको विद्रोह र कार्यक्रताको साथ

विषय प्रवेश :
मुलत यदि एकजना व्यक्ति सत्यताको पक्षमा छ भने उसले बहुसंख््यकलाई आफ्नो पक्षमा लिन सक्दछ । लेनिनले के भन्नुभएको छ भने “हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ । आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ ।”(१९१७ अक्टोबर क्रान्ति) नेपालमा २०५२ सालमा शुरु भएको जनयुद्ध र अहिलेको नेपालमा त्यहि भएको छ । नेकपा(माओवादी) द्धारा शुरु गरिएको जनयुद्ध २ सय ३८ वर्षे राजतन्त्र फाल्नका लागि भएको थियो भने भाद्र २३ र २४को जेन्जिहरुले गरेको आन्दोलन केवल बादशाहलाई घोडाबाट तल झार्नु र जनतालाई अपेक्षा गरेको उन्नत लोकतान्त्रिक व्यवस्थाको पक्षमा अगाडी बढ्नु हो ।

नेतृत्वमा निरन्तर कुर्चिको मोह र जनअपेक्षा अनुसार परिणाम नहुनु नै जनताको विद्रोह हुने गरेको छ । एक जना राजनैतिक विश्लेषकले भने अनुसार नेपालको सम्बृद्धिका लागि विगत देखि अहिले सम्म कलकारखाना हरेक हिसावले उद्योगधन्दा संचालन व्यवसायिक दृष्टिकोणबाट आत्मनिर्भर भएको इतिहाँस भेटाउन कठिन छ केवल नालापानिको युद्ध, पृथ्वी नारायाण शाहले गरेको एकिकरण, बाइसे चौविसे राज्य लगायतका युद्ध,भिडन्तहरुको इतिहाँस बोकेको पाइन्छ । यस मानेमा हरेक कुरामा नेपालिहरु पटक पटक विद्रोहबाट मात्र राज्यव्यवस्था परिवर्तन देखि आधारभुत आवश्यक्ता पाउने गरेको छन अर्थात प्राप्त गरेका पनि छन ।

विद्रोह अनिवार्य गलिको गास भइसकेको परिपेक्ष्यमा हामीले नेपालमा लोकतान्त्रिक व्यवस्था प्राप्त पछि थिति के बसाल्यौं भन्ने हो । माओले जापानि आक्रमणको विचमा ताकामा भनेका थिए “अन्तरविरोधहरुको विकासले नै समाज अघि बढ्छ ।” चिनमा १९५७मा सर्वाेच्च राज्य सम्मलेनमा सम्बोधन गर्दै माओले “मुख्यतया समाजका भित्रि अन्तरविरोहरुको विकासबाट नै समाजमा परिवर्तनहरु हुन्छन । यानकी उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धहरुका बीचको अन्तरविरोध वर्गहरुको बीचको अन्तरविरोध,पुराना र नौलाका बीचको अन्तरविरोधहरुको विकासले नै समाजलाई अघि बढाउछ । पुराना समाजमाथि नौलो समाजको विजयको निम्ति यो भित्रि प्रेरशक शक्ति बन्दछ ।” हुन पनि नेपालमा लामो संघर्ष चल्यो निरन्तरताका रुपमा राज्यव्यवस्था अघि बढ्यो एक पछि अर्काे आन्दोलन बाहेक नेपाल र नेपालिले अरु केही परिणाम पाउन सकेनन् । जनतामा वितृष्ण,कुण्ठा जाग्ने अवस्थाको सृजना गरायो ।

त्यसपछिको परिणाम भनेकै भाद्र २३ र २४को आन्दोलन भयो । नागरिक सरकार बन्यो । अहिले नेपालमा प्रतिनिधि सभाको निर्वाचन अघि बढेको छ यसले नेपालि धर्तिमा गर्मागर्मि बहस चलेको छ । जनताले नेपालको व्यवस्था संचालन गर्ने पात्र कस्ता छान्ने भनेर यहि क्रममा टिकट वितरणमा भएको नेताहरुको मनोमानिका आधारमा नेतृत्व प्रति कार्यक्रताको असन्तुष्टता छर्लङ्ग देखिन थालेको छ । वर्षाैं सम्म एउटै पार्टीमा काम गरेका नेताहरुले जनअनुमोदित हुनका लागि मातृपार्टी छोडेर अन्य पार्टीमा जाने समेत होडबाजि चलेको छ भने केही पार्टीमा लामो समय देखि एउटै व्यक्ति पदमा बसिरहन मरिहत्ते गर्दै आएका छन । त्यति मात्र होइन लगातार चुनाव हारेका पुरानै अनुहारहरु समेत पुन अवसरको लागि अघि बढेका छन ।

त्यस्तै उदाहरण कालीकोटमा भएको छ । साविक माओवादी सहित अन्य घटकहरुको एकता पछि बनेको नेपालि कम्युनिष्ट पार्टी कालीकोटमा नेतृत्व परिवर्तनको व्यापक बहस सतहमा पुगेको छ । २०७० सालमा संविधान सभाको निर्वाचन, २०७४को निर्वाचन, २०७९को निर्वाचनमा लगातार एउटै व्यक्ति विजयी बनेका पात्र हुन महेन्द्र बहादुर शाही(प्रज्वल) पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर समेत भइसकेका उनि पुन चौथो पटक कालीकोटमा प्रतिनिधि सभाका लागि उम्मेद्धार मनोयन पछि विद्रोह शुरु भएको छ ।

नेकपाको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका पूर्व जनमुक्ति सेनामा सहकमाण्डर जिबन बुढाले बागि हालेका छन । यस संगै कालीकोटमा चुनावि सरगर्मि बढेको छ । पार्टी भित्रका बहुमत कार्यक्रताहरु जिबन बुढाको पक्षमा रहेको जनताको साथ समेत पाउने एकथरीले विश्लेषण गरेका छन भने एक थरीले अब २०६४ साल देखि लगातार जित हात पार्दै आएको साविक माओवादीले विरासत जोगाउन नसक्ने भयो भन्दै चिन्ता चासो बढ्न थालेको छ ।


“अहिले नेपालमा प्रतिनिधि सभाको निर्वाचन अघि बढेको छ यसले नेपालि धर्तिमा गर्मागर्मि बहस चलेको छ । जनताले नेपालको व्यवस्था संचालन गर्ने पात्र कस्ता छान्ने भनेर यहि क्रममा टिकट वितरणमा भएको नेताहरुको मनोमानिका आधारमा नेतृत्व प्रति कार्यक्रताको असन्तुष्टता छर्लङ्ग देखिन थालेको छ । वर्षाैं सम्म एउटै पार्टीमा काम गरेका नेताहरुले जनअनुमोदित हुनका लागि मातृपार्टी छोडेर अन्य पार्टीमा जाने समेत होडबाजि चलेको छ भने केही पार्टीमा लामो समय देखि एउटै व्यक्ति पदमा बसिरहन मरिहत्ते गर्दै आएका छन । त्यति मात्र होइन लगातार चुनाव हारेका पुरानै अनुहारहरु समेत पुन अवसरको लागि अघि बढेका छन ।”


कहाँ चुक्यो नेतृत्व ;
पहिलो : काठमाडौंमा पहिलो पटक प्रेम बहादुर सिंहको नेतृत्वमा बसेको उपलब्ध केन्द्रिय समिति सदस्यहरुको बैठकले पुष्पकमल दाहाल(प्रचण्ड)लाई एकल सिफारिस गरेको थियो । सो निर्णय कार्यन्वयन नभएपछि पुन आठ जनाको दावि अघि बढ्यो ।अन्तमा दुई जनामा सिमित भयो । त्यसपछि पटक पटकका छलफल पछि टुंगोमा नपुग्दा काठमाडौं हुंदै सुर्खेत देखि कालीकोट सम्म पुग्दा केही परिवर्तन हुन सकेन ।
यस अघि आफु लगातार तिन पटक नेतृत्व लिएर अघि बढि सकेको अब आफु चुनावि मैदानमा नउत्रिने मनसाय बोकेका महेन्द्र बहादुर शाहीले जब टिकटका लागि प्रचण्ड समक्ष पुगे त्यहाँ एक पटक महेन्द्र जि लड्ने हो तपाई बस्नुहोस जिबन जि भनेर अभिव्यक्ति आएपछि पुन शाहीले आफुले पाउनु पर्ने दावि गर्दै काठमाडौँ हुंदै जिल्ला स्तरमा भएको एकता सन्देश सभा तथा प्रशिक्षण कार्यक्रममा दुई दिन सम्म व्यापक बहस भयो । कार्यक्रताहरुले परिवर्तनको पक्षमा कुरा उठाए दबाद दिने काम भयो तर केही वास्ता भएन । माघ ६ गते मनोनयन दर्ता सम्म टस न मस भएपछि नेपालि कम्युनिष्ट पार्टीबाट महेन्द्र बहादुर शाहीले उम्मेद्धारी दिए संगै बागिका रुपमा जिबन बुढाको उम्मेद्धारी दर्ता भयो ।
दोस्रो ; जिल्लामा उम्मेद्धारीको टुंगो लगाउनका लागि सल्लाहकारको भुमिका महत्वपूर्ण हुने गर्दछ । त्यसका लागि साविकका प्रेम सिंह नेतृत्वको पार्टी र एकिकृत समाजवादी धारका केही नेतृत्वहरुले महेन्द्र बहादुर शाही नै प्रकाण्डपछिको जित्ने पात्रका रुपमा लिएर अरुलाई वेवास्ता गरिनु ठुलो कमजोरी रहेको छ ।
तेस्रो ; महेन्द्र बहादुर शाही गलत पात्र होइनन तर उनका अघि पछि लाग्ने भने गलत बाटोमा हिडाल्ने काम गर्दै २०७० देखि हाल सम्म आएको देखिन्छन । उनि निश्चित व्यक्तिको साथमा अघि बढ्ने गरेको विगतका निर्वाचनमा चौतर्फि बन्न नसकेको भन्ने आलोचनाहरु निरन्तर रुपमा आएका थिए । यस पटक पनि आउनु स्वभाविक छ । यसो भनिरहंदा अबको पात्र अरु पनि छन भन्ने ति आसेपासेहरुको मनमा नजानु पनि समस्या हो ।
चौथो ; जिल्लाका बहुमत कार्यक्रताहरु जिबन बुढाको पक्षमा उभिएपछि अहिले भने छटपटी पैदा भएको छ । नेपालि कम्युनिष्ट पार्टी भित्रका महेन्द्र शाही पक्षधर जुनसुकै कुरा पनि मान्न तयार तर बागि उम्मेद्धार जिबन बुढाले फिर्ता लिनु पर्नेमा देखिएका छन भने जिबन बुढा पक्षधरहरु उम्मेद्धारी दिने बेलामा समेत फिर्ता नलिने बाचा खुवाएर अघि बढेका छन । जिबन बुढाको इच्छा भन्दा पनि अहिले कार्यक्रताहरुले चर्काे दबाब दिदै उम्मेद्धारी पेश गरेका छन । हुन त जिबन बुढालाई कमजोर पात्रका रुपमा सहमतिमै जाने विगतमा आरोप पनि नलागेका होइनन् । एक थरीले विगत देखि सैन्य मोर्चामा संग संगै काम गरेकै कारण महेन्द्र शाहीको कुरा काट्न नसक्ने अड्कल पनि हुदै आएको थियो । यस पटक भने जिबन बुढाले महेन्द्र शाहीलाई म टिकट माग्न प्रचण्ड कहाँ जान्न मेरो नेता तपाई(महेन्द्र) हो तपाईको हातबाट मलाई टिकट दिन प¥यो भनेर भन्दै आएका थिए ।


“पटक पटक नेतृत्व गरेका महेन्द्र बहादुर शाही बाहेकका अन्य पात्रलाई कालीकोटमा खोजेको समय हो सहि समयको सहि विश्लेषण हुन सकेन । अब माओवादी साख जोगाउने हो भने पहिलो कुरा महेन्द्र बहादुर शाहीले फिर्ता लिएर जिबन बुढालाई समर्थन गरेर चुनावमा अघि बढ्नु पर्दछ । यदि त्यसो नभएमा जिबन बुढा र महेन्द्र बहादुर शाहीले उम्मेद्धारी फिर्ता लिएर प्रकाण्डलाई समर्थन गरेर अघि बढ्ने तर प्रकाण्ड भने नेपालि कम्युनिष्ट पार्टीमा आउने प्रतिवद्धा भने चाहिन्छ की ?”


त्यहि कमजोरीका कारण प्रचण्डबाट सिधै टिकट ल्याउन सफल भएको पाइन्छ । अहिले अल्पमतमा परेका महेन्द्र बहादुर शाही पक्षधरहरु शहिदको रगत, बेपत्ता परिवार र कालीकोटको अस्तित्वका सवालमा कुरा उठाएर मिल्नु पर्नेमा जोड गर्दै आएकाछन । बारम्बरको हेपाह प्रबृतिको विस्फोटका रुपमा यसलाई लिन सकिन्छ । तर नेपालि कम्युनिष्ट पार्टी कालीकोटमा बागि र माओवादी धारका ४ जना उम्मेद्धार हुनुले कालीकोटमा जनयुद्धको साख र विरासत भने तोडिने छ । यदि नेपालि कांग्रेसबाट बागि उम्मेद्धार बनेका भुपेन्द्रजङ्ग शाहीले उम्मेद्धारी फिर्ता लिएको खण्डमा यसबाट सबै भन्दा बढि फाइदा नेकपा(एमाले)लाई पर्ने आशा गरिएको देखिन्छ । जिबन बुढाको विद्रोह सहि समयको काइदाका रुपमा लिएर बधाई दिने पनि एमालेजन रहेका छन ।
अबको निष्कर्ष ;  चौथो पटकको महेन्द्र बहादुर शाहीको उम्मेद्धारीले कालीकोटको विरासत जोगिने भन्ने कुरा कल्पना गर्न पनि सकिदैन । यस अघि जिम्मेवारी लिएर अन्तिम पटक महेन्द्र बहादुर शाही कालीकोटबाट माओवादी विरासत सुन्यमा झार्ने पक्कै थियो पनि भयो पनि । किन की प्रकाण्डले भाेट कटाउने भनेकै साविक माअाेवादी कै हाे ।त्यसैले मेराे पार्टीकाे टिकट फिर्ता  कसरी  लिने भन्ने साेच  महेन्द्र  ब महेन्द्र बहादुर शाहीलाइ हुने छ भने जिबन बुढाले फिर्ता लिएकाे खण्डमा राजनितिकबाट सन्यास लिनु बाहेक केही छैन भन्नेहरु पनि छन । त्यसैले दुबै नेतृत्वले  सहि विश्लेण गरे अघि बढ्नु राम्राे हाेला । बिशेष गरी महेन्द्र बहादुर शाहीले  सिँगाे कर्नालि प्रदेश पार्टीकाे नेतृत्व लिएर अभिभावककाे भुमिका निर्वाह गरे अघि बढ्ने र जिबन बुढालाइ चुनावि सहयाेग गर्दा राम्राे हाेला ।

विप्लव नेतृत्व नेकपा(माओवादी)का प्रभावशालि नेतृत्वका रुपमा चिनिदै आएका खड्गबहादुर विक(प्रकाण्ड) पनि यस पटक १८ वर्ष पछि चुनावि मैदानमा उत्रिएका छन । यसबाट पनि उचित पात्रका रुपमा महेन्द्र बहादुर शाहीलाई लिनु स्वभाविक हो । तर पटक पटक नेतृत्व गरेका महेन्द्र बहादुर शाही बाहेकका अन्य पात्रलाई कालीकोटमा खोजेको समय हो सहि समयको सहि विश्लेषण हुन सकेन । अब माओवादी साख जोगाउने हो भने पहिलो कुरा महेन्द्र बहादुर शाहीले फिर्ता लिएर जिबन बुढालाई समर्थन गरेर चुनावमा अघि बढ्नु पर्दछ । यदि त्यसो नभएमा जिबन बुढा र महेन्द्र बहादुर शाहीले उम्मेद्धारी फिर्ता लिएर प्रकाण्डलाई समर्थन गरेर अघि बढ्ने तर प्रकाण्ड भने नेपालि कम्युनिष्ट पार्टीमा आउने प्रतिवद्धा भने चाहिन्छ की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6