नेकपा कालीकोटको कार्यजिम्मेवारी प्रति असन्तुष्टि तिव्र

नेकपा कालीकोटको कार्यजिम्मेवारी प्रति असन्तुष्टि तिव्र

कालीकोट । नेपालि कम्यनिष्ट्र पार्टीले कर्नालि प्रदेशका १० वटा जिल्लाको नेतृत्वको कार्यविभाजन संगै तिव्र असुन्तुष्टि आएको छ । जेष्ठ २७ गते नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको सयुक्त दस्तखतमा जारी गरिएको कार्यविभाजनमा कालीकोट जिल्लाको कार्य जिम्मेवारी प्रति असन्तुष्टि पैदा भएको छ ।

जिल्ला इन्चार्जमा नेकपाका केन्द्रिय सदस्य जिवन बुढा, सहइन्चारजहरुमा गंगा खड्का,डम्बर शाही, पुत्र मल्ल र लक्ष्मि प्रसाद चौलागाईलाई तोकिएको छ । जसमा जिल्ला इन्चार्ज जिवन बुढा साविक नेकपा(माओवादी केन्द्र)का तर्फबाट हुन भने सहइन्चार्जहरुमा गंगा खड्का, डम्बर शाही र लक्ष्मि प्रसाद चौालागाई माओवादी केन्द्र र पुत्र मल्ल नेकपा( एमाले)बाट विद्रोह गरी समायाेजनमा सहभागि भएका हुन । गंगा खड्का, लक्ष्मि प्रसाद चौलागाई र पुत्र मल्ल भने खांडाचक्र नगर पालिकाका रहेका छन ।
जिल्ला संयोजक तुलराज सिमखाडा साविक नेकपा(एकिकृत समाजवादी)बाट प्रतिनिधित्व गर्दछन ।
त्यसै गरी सहसंयोजकहरुमा चित्रसिंह गाउँले,जनक कामी,नरेन्द्र बहादुर शाही,विश्वराज बम, सरोज बोगटी रहेका छन । जसमा नेकपा(एकिकृत समाजवादी_का तर्फबाट चित्रसिंह गाउँले र विश्वराज बमले आफुलाई उक्त कार्यविभाजन प्रति असन्तुष्टी व्यक्तै गर्दै सामाजिक संजाल मार्फत जानकारी गराएका हुन ।

चित्र सिंह गाउँले साविक एकिकृत समाजवादीका कालीकोटका अध्यक्ष हुन । त्यसै गरी तत्कालिन विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टी समायोजनमा आएका जनक कामी(सागर)ले पनि आफु उक्त जिम्मेवारीलाई खारेज समेत गरेकाछन । आफुलाई अछुत भनि जिम्मेवारी दिएकाले सो जिम्मेवारी प्रति कडा प्रतिक्रिया दिदै असन्तुष्टि जाहेर गरेका छन । अर्का सहसंयोजक नरेन्द्र बहादुर शाही मधेशीवादी दलका तर्फबाट प्रतिनिधित्व गर्दछन भने सरोज बोगटी साविक नेकपा(माओवादी केन्द्र) कालीकोटका सचिव हुन ।

नेकपाका नेता एवँम पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खड्गराज सेजुवालले अहिलेको जिम्मेवारी त्यति सान्दर्भिक समेत नभएको बताएकाछन । उनले अहिले निश्चित समयका लागि भएकाले धेरै व्यक्तिलाई जिम्मेवारी तोकिनु राम्रो नभएको बताए । उनले भने अब केही समय पछि अधिवेशनमा जानु पर्ने भएकाले छोटो समयका लागि जिम्मेवारी तोक्दा धेरै व्यक्तिलाई जिम्मेवारी दिदा बाहिर सन्देश त्यति राम्रा नगएको सेजुवालको भनाई रहेको छ ।

लामो समयको प्रतिक्षा पछि तोकिएको जिम्मेवारी प्रति लागेको कुरा पार्टी भित्र छलफल गर्नु पर्नेमा सामाजिक संजाल मार्फत बाहिर आएको प्रति केही नेताहरुले वित्रि प्रक्रिया विपरित भएको बताएका छन । आगामि केही समय पछि अधिवेशनको तयारी भइरहदा अहिलेको जिम्मेवारी तत्कालका लागि भएकाले यसका बारेमा असन्तुष्टि राख्नु जरुरी नभएको एक नेताले बताए । अबको केही समय पछि यसका बारेमा छलफल भई समस्याको समाधान गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित