पचालझरना गाउँ पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

पचालझरना गाउँ पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

कालीकोट । पचालझरना गाउँ पालिकाको १९ औं गाउँ सभाको पहिलो बैठक शुरु भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको सभाअध्यक्षतामा शुरु भएको १९ औंँ गाउँ सभाको पहिलो बैठकले आगामि आर्थिक वर्ष २०८३।०८४का लागि पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले विभिन्न विषय समावेश गरिएको नीति तथा कार्यक्रम पेश गरिएको र सो विषयमा बैठकमा सहभागि सदस्यहरुले आ आफ्ना धारणा राखेको बताइएको छ ।
पचालझरना गाउँ पालिकाले गाउँ सभाको पहिलो बैठकमा व्यापक छलफल गरिएको बताइएको छ ।
जसमा शुसासन,पूर्वाधार, आर्थिक,पर्यटन, रोजगार,कृषि,शिक्षा तथा अन्य विषयमा छलफल गरिएको वडा नम्बर ४का वडा अध्यक्ष अनरुप रोकायाले बताएका छन । उनका अनुसार आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका बारेमा कार्यपालिका सदस्यहरुले समेत धारणा राखेको र भोलि अषाढ ७ गते बजेट प्रस्तुति गरिने कार्ययोजना रहेको बताएका छन ।
जिल्लाभर सबै भन्दा पहिलो गाउँ सभाको तयारी गर्ने पचालझरना गाउँ पालिका रहेको बताइएको छ ।
स्थानीय सरकार (गाउँपालिका/नगरपालिका)ले अषाढ १० गते भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने र १५ दिन भित्र पारित गर्नु पर्ने व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित