कालीकोट ।रास्कोट नगर पालिकाको १८ औं नगर सभा अषाढ ७ गतेबाट शुरु हुने भएको छ । यस अघि विभिन्न निकायहरुसंग सुझाव संकलन शुरु गरेको रास्कोट नगरपालिकाले नीति तथा कार्यक्रमको मस्यौदा तयार गरी गाउँ सभामा पेश गर्ने बताएको छ ।
शुक्रबार नगरपालिकाका विभिन्न राजनैतिक दलका प्रमुखहरु संग रास्कोट सम्बृद्धिका लागि के गर्दा हुन्छ भन्ने सुझावहरु मागेको थियो । रास्कोट नगर पालिकाका नगर प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधि र दलका प्रमुखहरुले यस अघि गरेका कामको बारेमा समिक्षा गर्दै आगामि कार्यक्रमका बारेमा रचनात्मक सुझाव दिएका थिए । रास्कोट नगर पालिकामा आगामि वर्षका लागि गरिने कामको महत्वपूर्ण सुझावहरु प्राप्त भएकाले जनजिविकाका सवालमा कामकार्वाहीलाई अघि बढाउने योजना रहेको रास्कोट नगरले जनाएकाे छ ।

यस अघि जारी सुचनामा रास्काेट नगर पालिकाकाे अार्थिक विधेयक २०८३, विनियाेजन विधेयक २०८३ २०८३।०८४काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै रास्काेट नगरकाे सँगठनात्मक सँरचना र व्यवस्थापन सर्वेक्षण प्रस्तुत गरिने जनाइएकाे थियाे ।
स्थानीय सरकारले अषाढ १० गते भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने र १५ दिन भित्र पारित गर्नु पर्ने व्यवस्था रहेको छ ।