इब्सलले किन मागिन् माफि ? छाउपडी प्रथा अमेरिका गएपनि छुट्दैन।

इब्सलले किन मागिन् माफि ? छाउपडी प्रथा अमेरिका गएपनि छुट्दैन।

सुर्खेत । मोडल तथा गायिका इब्सल संज्यालले एक टेलीभिजनमा दिएको अन्तर्वातामा अमेरिका पुगेर पनि छाउपडी प्रथा कायम रहेको विषय सही समयमा उठाएकी हुन । हामी पश्चिम क्षेत्रका मानिसहरु विशेष गरी महिला आफैमा छाउपडी दिमागबाट हटेको छैन । त्यसैले अछाम जिल्लाको नाम उचारण मात्र भएको हो। यसलाई उजागार गर्नु राम्रो काम हो । विशेष गरी अद्दाममा छाउगोठ अझै कायम हुनुले समस्या निम्त्याएको छ । अब कर्णाली तथा सुदुर क्षेत्रका महिलाहरुले छाउपडी मुक्त हुन सक्नु पर्छ । यस कुरामा माफी माग्नु पर्छ भन्ने छैन जस्तो छ । तैपनि हामी छाउपडी प्रथाका बारेमा हटाउने अभियानमा लाग्नु पर्दछ ।
यसरी मागिन इब्सलले . . . . . .

सम्पूर्णमा नमस्कार म इब्सल सन्ज्याल ।।

सबै भन्दा पहिले म माफी चाहन्छु जसको दिल मा मेरो अभिव्यक्तिका कारण चोट पुग्यो मेरा कारण तपाइहरू लाई अपमानको महसुस भयो त्यसका लागि अन्तर हृदय देखि क्षमा चाहन्छु ।। सम्पूर्ण अछाम बासी आमा बुबा दाजु भाइ दिदी बैनी सम्पूर्ण मा फेरि पनि दुई हात जोडेर माफी माग्न चाहन्छु ।।

अब थोरै मेरो अभिव्यक्तिको बारेमा जानकारी गराउन चाहन्छु । म अमेरिका मा बस्ने मान्छे हैन र मैले अमेरिका देखेकी पनि छैन त्यसैले तपाइहरूले भन्नू भयको कुराको प्रमाण म अहिले पुष्टि गर्न सक्दिन ।। त्यसैले पनि म मेरो अभिव्यक्ति प्रति पुन क्षमा चाहन्छु । म सात आठ कक्षा पढ्ने बेला देखि नै छाउपडी प्रथा का बारेमा बोल्दै र मेरो सीप क्षमता ले भ्याए सम्म यसका बारेमा काम गर्ने संस्था सँग जोडिँदै आइरहेकी छु । यो समस्या हाम्रो कर्णाली र सुदूर पश्चिममा अहिले पनि व्याप्त छ । त्यहि क्रम मा मैले केहिदिन अगाडि देखि महिनावारी मर्यादित हुनु पर्छ । आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्न सकिन्छ र महिनावारिका बेला कसरी आफू सफा रहने र सुरक्षित रहने भन्ने विषयमा मैले टिकटक र रिल्स हरू बनाएकी थिए तेहि देखेर मेरा गीत सङ्गीत लाई माया गर्ने एक जना मेरा शुभचिन्तकले मलाइ अमेरिका देखि फोन गर्नु भयो उहाँ सँग यिनै कन्टेन्टका बारेमा कुरा भयो कुरा हुँदै जादा उहाँले नै भन्नू भयो तपाइहरूको ठाउँमा अहिले पनि त्यस्तो छ है । हुन त अमेरिकामा आएर बस्ने हरुको त चेतना फेरिएको छैन मेरो एरियामै बस्ने एक जना अछामको मान्छे हुनुहुन्छ उहाँले पनि मिन्स हुँदा घर मा बस्न दिनु हुन्न बाहिर नै एउटा कोठा छ त्यतै बस्नु हुन्छ घर भित्र पस्न दिनु हुन्न भनेर कुरा कहानी भयको थियो मैले त्यति बेला कोहो नाम के हो भनेर सोध्ने कुरा नै भएन त्यस पछि उहाँ सँग मेरो फेरि कुराकानी नै भएन मैले सोचिरहेको थिए कि हामी त भौगोलिक सामाजिक र हाम्रो संस्कारका रूप मा अलिक पछाडि हौला तर हामी सहर मा बसेर बुझेका मान्छे अझ त्यसै माथि अमेरिका जस्तो विकसित मुलुक मा पुग्ने मान्छे हरूमा पनि चेतनाको विकास हुन सकेको रैन छ हाम्रा अरू अवस्था हरू जति सुखै परिवर्तन भय पनि जब सम्म हाम्रो चेतनाको विकास हुँदैन तब सम्म एउटा छोरी एउटा श्रीमती ले यस्तो भोगी रहनु पर्छ भनेर खुलदुली भइरहेको थियो । त्यसै बिच म मिडिया हरू देखि टाढा रहने विषेशताको मान्छे तर न्युज 24 टेलिभिजन को कार्यक्रम इ टक मा अन्तरवार्ताका लागि बोलाए पछि त्यहा पुगे कार्यक्रम प्रस्तोता राज श्रेष्ठ ज्युले मैले गरिरहेका सामाजिक काम को विषय आउँदा मेरो मन मा खेलिरहेको तेहि कुरा मेरो अभिव्यक्तिका रूपमा आयो जो मेरो कुनै नियत बस अछाम बासी आमा बुबा दिदी बैनी र सिङ्गो अछाम को इज्जत प्रतिष्ठा र अस्तित्व माथिको प्रहार थिएन । मेरो बोली नियत बस थियो या अनजान थियो भन्ने कुरा तपाइहरूले एउटा क्लिप भन्दा पनि पुरै अन्तरवार्ता हेर्नु भयो भने पनि तपाइहरु जे बुझ्न सक्नु हुने छ । मैले फेरि छाउपडी अथवा मिन्स भयको बेला भान्सा बस्न पाउनु पर्छ अथवा पुजा कोठा मा छिर्न पाउनु पर्छ भन्ने कुनै आशय हैन केबल छोरी मान्छे महिनावारी हुँदा सफा ठाउँमा र सुरक्षित ठाउँमा जो कि घर भित्र बस्नु पर्छ घर भन्दा पर बसेर वा छाउगोठमा बसेर बलात्कारको सिकार हुने सर्पले डस्ने अथवा शारीरिक रूपमा कमजोरी हरू देखिएर रोगी बनेर चेलीबेटी ले यी अप्ठ्यारो भोग्न नपरोस् भन्ने नै हो । तर त्यो कार्यक्रम पछि सम्पूर्ण अछाम बासीको मन मा पुगेको चोट को जानकारी म हस्पिटल मा भई रहेको बेला पाए म अहिले मेरो आमा को उपचारका लागि हस्पिटल धाइरहेकी छु भने अर्को तिर सामाजिक सञ्जालमा म माथि गरिएका तुच्छ गाली जो हेर्न नसकिने र सुन्न नसकिने गाली हरू छन् । ठिक छ त्यो कुरामा म कुनै गुनासो वा चित्त दुखाइ केही गर्दिन । म बाट अनजान मा भयको गल्तीको सबै अछाम बासी ले माफी दिनु हुने छ भन्ने विश्वास लिएकी छु । तर यति भैरहदा म छाउपडी प्रथा कै कारण बलात्कृत भएर , सर्पले डसेर ,छाउगोठ मा निसासिएर मृत्युवरण गरेका अछाम कै ती १९ जना आमा दिदी हरूलाई पनि मैले बिर्सन सक्दिन मैले धेरै ठाउँ मा वास्तविकता बुझ्ने कोसिस गरे तर जसले मलाइ यस्तो छ भनेर भन्नू भयको थियो उहाँ शुभचिन्तक सँग सम्पर्क हुन सकेन सके सम्म जसको विश्वासले मैले भनेको कुरा लाई साँचो भय प्रमाण सहित नै बोलौला भन्ने थियो तर उहाँ सँग नै सम्पर्क हुन नसके पछि मैले तपाइहरू माझ मेरा कारणले सम्पूर्ण अछाम बासीको मन मा पुग्न गएको चोट प्रति फेरि हृदय देखि क्षमा माग्न चाहन्छु । फेरि १९जनाको कुरा आउन सक्छ मैले जिल्ला प्रहरी कार्यालय अछाम र विभिन्न अनलाइन मिडियाहरूमा आयका समाचारको र विभिन्न सङ्घ संस्था हरुको तथ्य सङ्कलन गरी मात्रै यो अङ्क खुलाएकी छु । सामाजिक कुरीतिका विरुद्ध बोल्दा एक ठाउको नाम मेरो मुख बाट आय पनि हाम्रो सुदूर कर्णालीमा यो प्रथा कायमै छ तर प्रमाणका रूपमा भोलि केही आयछन भने हजुर हरू माझ म राख्ने कोसिस गर्ने छु मैले ठाउको नाम लिएर कसैको आत्मामा ठेस पुगाउने मेरो कुनै मनसाय नभएको पनि हजुरहरू लाई जानकारी गराउन चाहन्छु । म मेरो कर्म क्षेत्र मा तपाइहरूको माया प्रेरणा र साथले भर्खर पाइला सार्दै छु सदैव तपाइहरूको उहीँ प्रेरणा र मायाको अपेक्षा गर्दछु ।। म तपाइहरूकै छोरी चेली हु सुदूर कर्णाली मेरो आँगन हो तेहि आँगन मा तपाइहरूको मायाको ताते ताते मा खेल्ने अवसर बाट वञ्चित गर्नु हुने छैन भन्ने अपेक्षा सहित धन्यवाद ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित