कालीकोटमा १० दिन निशेधाज्ञ थपियो, के के छन गर्न नपाईने कामहरु ?

7
SHARES
15
VIEWS

कालीकोट । देशभर कोरोना लहर बढ्न थालेपछि कालीकोटमा १० दिनका लागि निशेधाज्ञ गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बुधबार बसेको बैठकले शुक्रबार राति १२ वजे देखि भाद्र १ गते राति १२ वजे सम्मका लागि निशेधाज्ञ गरिएको बताइएको छ ।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य द्धारा हस्ताक्षरित सुचनामा जिल्लामा सभा, सम्मेलन, जुलुस,र्यालि नपाउने गरी निशेधाज्ञ गरिएको बताइएको छ ।

सो अवधिमा शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्ने,भेला सम्मेलन तथा सभा जुलुस नगर्ने र खेलहरु समेत बन्द हुने उल्लेख गरिएको छ । त्यसै गरी सुचनामा बैंक तथा वित्तिय संस्था,पसल,विवाह,बर्त बन्धमा स्वस्थ्य सुरक्षाका मापदण्ड लागु गरेर अघि बढ्ने तर २५जना भन्दा बढि भेला हुन नपाउने बताइएको छ ।

कालीकोट जिल्लामा पछिल्लो समय एका एक कोरोना संक्रमित बढ्न थालेको बताइएको छ ।
जिल्ला बाहिर उपचारका लागि आवश्यक परेमा प्रमुख जिल्ला अधिकारीबाट पास लिएर जान पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित