हिमचुली सहकारीको १६औ स्थापना दिवसको अवसरमा पलातामा हाजिरी जवाफ प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि. को १६ औं स्थापना दिवसको अवसरमा पलातामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

२०६५ साल भाद्र २५ गते हिमचुली कृषि सहकारीको स्थापना भएको थियो । सो अवसरमा पलाता गाउँ पालिकामा रहेको सेवा कार्यालयले कालिका माध्यमिक विद्यालय छलाहमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको पलाता सेवा कार्यालय व्यवस्थापक सरिता न्यौपाने बताएकी छन । उनका अनुसार सो  विद्यालयका ४ समुहको सहभागितामा  विद्यालय र सहकारी संग  सम्बधित ८० वटा प्रश्नहरु समावेश गरिएकोमा प्रथम स्थान ल्याउने लालिगुराँस समुहले १७ अंक ल्याइ प्रथम स्थान हाँसिल गरेको र सो समुहलाई एक हजार पाँच सय नगद सहित कपि र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसै गरी द्वितिय स्थान ल्याउने कमल समुहलाई नगद एक हजार , कपि र प्रमाण र तृतिय स्थान ल्याउने लालुपाते समुहलाई पांच सय नगद, कपि र प्रमाण पत्र प्रदान गरिएको र सान्तवना स्थान ल्याउने सुर्यमुखि समुहलाई नगद पुरस्कार कपि र प्रमाण पत्र  संस्थाका संचालक सर्जन बुढा र  नमित्त  प्रधानध्यापक महेन्द्र भटट द्वारा हस्तान्तरण गरिएको बनाइएको छ।

पहिलो पटक सहकारीले विद्यालयमा गरेका हाजिरी जबाफ प्रतियोगितामा स्थानियको व्यापक सहभागिता रहेको थियो । सहकारी गतिबिधिहरु सहितको हाजिरी जबाफ प्रतियोगिता गरिएकोमा विद्यार्थीको चासो बढ्दै जाने भएकाले विद्यालयमा कार्यक्रम गरिएको बताउँदै संचालक सर्जन बुढाले विद्यालयले गरेको सहयोग प्रति आभार प्रकट गरेका छन ।

स्थानियले आगामी दिनमा यस्तै रचनात्मक काम गरेर प्रतिस्पर्धीलाई बढाउन आग्रह गर्दै निमित्त प्रधानध्यापक महेन्द्र भट्टले संस्थालाई ध्यन्यवाद दिएको छन।

हिमचुली कृषि सहकारी संस्था लि. का हाल जिल्लाका ९ वटै स्थानिय तहमा ११ वटा सेवा केन्दमा वचत श्रृण, अर्गानिक पसल, कृषि बस्तु खरिद तथा डेरी संचालन गर्दै आएको छ। हाल यस संस्थाका ४५ जना कर्मचारी ४४ करोडको कारोबार रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र आचार्यले बताएका छन।

पलाता गाउँ पालिकाको थिर्पुमा संस्थाको २०७४ साल फागुन २७ गते स्थापना भएको छैटौ सेवा कार्यलय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित