तिजको रौनकता बढ्दै,परम्परागत संस्कृति हराउदै

7
SHARES
15
VIEWS

कालीकोट । तिज केवल ग्रामिण क्षेत्रका गरिवि निमुखाका लागि होइन शहर बजारका महिलाहरुका लागि मात्र हो भन्ने भनाइ एका देशको कथा जस्तै हुन थालेको छ । ग्रामिण वस्तिमा महिलाहरुले स्वफुर्त तथा विभिन्न निकायहरुको पहलमा तिज कार्यक्रमले तिव्रता दिन थालेका छन । पछिल्लो समय संघियताको आवगमन संगै विभिन्न निकायबाट हुने तिज विशेष कार्याक्रमले महिलाहरुमा मनोरञ्जन मात्र नभइ सन्देश प्रवाहका साथै विभिन्न विरहका गीत संगितका माध्यमबाट रमाइलो गर्न शुरु भएको हो ।
हरितालिका तिजका अवसरमा जिल्ला सदरमुकाम मान्म बजारमा ठुला ठुला गरगहना लगाएर सम्पतिको प्रदर्शनि हुन थाले संगै त्यसको नजिक रहेको ताडि बजारमा भने वेग्लै चलनचल्ति अनुसारको तिज कार्यक्रम मनाउने गरिएको छ । स्थानिय एक महिलाका अनुसार बजारमा आफुहरुलाई मनोरञ्जनका लागि महत्व नदिने र गहना प्रदर्शनि मात्र हुने हुंदा आफुहरुले गाउँमै तिज मनाउन शुरु गरेको बताएकी छन ।

गएको वर्ष भने हुने खाने कहलिएका महिलाहरुले समेत गरगहनाको प्रदर्शनि भने गरेका थिएनन यस वर्ष त्यसलाई निरन्तरता दिने या नदिने भन्ने बारेमा भने केही भन्न नसकिने महिला अगुवाहरुको भनाइ रहेको छ । कालीकोटका विभिन्न ठाउँमा तिजको पहिलो दिनमा दर खाने र त्यसको भोलि पल्ट श्रीमानको आयुका लागि बर्त बस्ने दिनभर रमाइलो गर्ने चलन रहदै आएको छ ।
यसका लागि स्थानिय तहले विभिन्न खालका कार्यक्रम गर्ने तयारी गरेका छन भने महिलाहरुका संग संगठनले आ आफ्नै खालका तिज विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
पछिल्लो समयमा स्थानिय संस्कृति भेष भुषाको संरक्षणमा भने कसैको ध्यान नपुगेको जानकारहरु बताउछन ।

पहिले पहिले गाउँघरका समाइला लोकभाखाहरुको प्रदर्शनि हुने गरेको भएपनि पछिल्लो समय आधुनिक उछृंखल संस्कृतिको आगावनम संगै परम्परागत संस्कृति हराउन थालेको बताइएको छ । यसको संरक्षणका लागि स्थानिय सरकार गम्भिर हुनु पर्ने महिला नेतृहरुको चासो बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित