ओदानकुको बाढिपितिका मृतकको सम्झनामा २१ वालवालिकालाई सम्मान सहित स्टेशनरी सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । गएको वर्ष आएको बाढिका कारण महावै गाउँ पालिकाकाका ६ वालवालिकाको ज्यान गएको दिनलाई पारेर सात वटा विद्यालयका वालवालिकाहरु स्टेशनरी सहयोग प्रदान गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका विच महावै गाउँ पालिकाका अध्यक्ष नन्द बहादुर सिंह, नेकपा माओवादी केन्द्रका नेता खेम बहादुर सिंह लगाएतका नेताहरुको सहभागिता सहयोग हस्तान्तरण गरिएको हो ।

एसपिआर कोषको आयोजनामा गरिएको कार्यक्रममा असाहाय,दलित अपांग,लगनसिशल विद्यार्थिहरुलाई कापि,डटपेन हस्तान्तरण गरिएको बताइएको छ । वडा सचिव धर्मराज सिंहका अनुसार महावै गाउँ पालिकाको वडा न. ३ को नकुमा गएको पहिरोका कारण रज बहादुर विष्टका २ छोरी, २ छोरा  र डिल बहादुर विष्टका २ छोरीको ज्यान गएको थियो ।

उक्त वाढिपिडितलाई कर्नालि प्रदेश सरकार र विभिन्न निकायबाट प्राप्त सहयोग गरेर ७५ हजार राशिको कोष खडा गरिएको थियो ।सोही कोषबाट प्राप्त व्याजबाट २१ जना वालवालिकाहरुलाई प्रत्येक वर्ष छात्रबृति तथा स्टेशनरी सहयोग गर्नका साथै सम्मान पत्र समेत प्रदान गरिएको बताइएको छ ।

पहिरोमा रेखा विष्ट,शान्ति विष्ट,पुस्पा विष्ट,पर्बिण विष्ट,सबिना र आशा विष्टको ज्यान गएको थियो । बालवालिकाको नाममा कोष खडा गरेको सबै भन्दा ठुलो भएको बताइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक अभिभावकहरुको उपस्थिति रहेको थियो । मृतक वालवालिकाका आफन्त रज बहादुर विष्टले छोरा छोरीको सम्झनामा प्रत्येक वर्ष वालवालिकाको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको र आगामि दिनमा निरन्तरता दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित