काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रदेश इन्चार्ज सहित विभिन्न विभाग पनि गठन गरेको छ ।
माओवादी केन्द्रको स्थायि समिति बैठकले अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्णबहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहने गरी विभागिय जिम्मेवारी तोकेको छ।
त्यसै गरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यता यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास इन्चार्जको जिम्मेवारी तोकेको हो ।
माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने भएको छ । गत आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले उक्त निणर्य गरेको हो ।
Discussion about this post