एमसिसि खारेजिका लागि सांसद जिवन बुढाको युवाहरुलाई आव्हान

7
SHARES
15
VIEWS

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता एवंम राष्ट्रिय सभा सदस्य जिवन बुढाले एमसिसि खारेजीका लागि असहमति जनाउदै विरोध जनाएका छन । उनले सम्पूर्ण देशभक्त युवाहरुलाई आव्हान गर्दै एमसिसि पास होइन खारेजीको लागि एक भएर अन्तिम सम्मको लडाइँ लड्न अनुरोध गरेका हुन ।

सांसद बुढाले एमसिसिका खराब पक्षहरुको स्मरण गराउदै ५ बुदामा असहमति पेश गरेका हुन । सांसद बुढाले १० दफा ३ उपदफा २ को (च) ले गरेको व्यवस्था अनुसार निम्नानुसारका असहमति जनाएका हुन ।
यि हुन असहमतिका बुंदाहरु
१)एमसिसिबाट प्राप्त हुने बौद्धिक सम्पतिको कुनै पनि अंशहरु एमसिसिले उपयुक्त देखेको जुनसुकै प्रयोजन उत्पादन पुन उत्पादन र प्रकाशन परिवर्तन प्रयोग गर्न अमेरिकाले मात्र पाउने व्यवस्था गरिएको छ।
२) दफा ६ को उपदफा ८ मा उल्लेख एमसिसि तथा संयुक्त राज्य अमेरिकाको सरकारका कुनै वर्तमान वा निवर्तमान अधिकारी वा कर्मचारि विरुद्द प्रस्तुत सम्झौता अन्तर्गतका क्रियाकलापका क्रममा उल्लिखित कुनै पनि हानि नोक्सानी चोटपटक वा मूत्यु लगाएतका सम्बन्धमा नेपालको कुनै पनि अदालतमा निजहरु विरुद्द मुद्दा चलाउन पाईदैन।
३) दफा ७ उपदफा १ मा प्रस्तुत सम्झौता लागू भए पश्चात् प्रस्तुत सम्झौता र नेपालको रास्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ।।
४)अनुसुचि ५ ९क ० नेपाल सरकारले एमसिसिलाई सार रुपमा चित्त बुझ्ने योजना तयार पारी पठाउनु पर्नेछ र त्यस्तो योजना पठाउदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ।
५) सम्झौता को अनुसुचि ९छ० ले दिएको अधिकार प्रयोग गरि तयार गरिएको निर्देशिका अनुसार लेखापरीक्षण अमेरिकी निकायले मात्र गर्न पाउने व्यवस्था गरिएको छ।

सांसद बुढा राष्ट्रिय सभामा राष्ट्रियताका सवालमा शसक्त आवाज उठाउने मध्ये पर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित