कालीकोट । कर्नालि प्रदेशमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ ।
कर्नालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेकोमा २०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएकोमा ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको बताइएको छ ।
एकिकृत समाजवादीका नेताहरुकाा अनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।
जसमा कालीकोटमा १२९ जना मध्ये ६५ जनाले समाजवादीमा रोजेका हुन ।त्यसै गरी हुम्लामा ५ जना,मुगुमा २५ जना,जुम्लामा ४१ जना,सल्यानमा ७५ जनाले एकिकृत समाजवादी पाटी राजेको बताइएको छ ।
Discussion about this post