बैक कारोवारमा सेवाग्राहीलाई सास्ति

7
SHARES
15
VIEWS

कालीकोट । गाउँमा स्थापना भएका बैंकहरुबाट सेवाग्राहीलाई सेवा लिन निकै गार्हो हुने गरेको छ ।

खाता संचालनका लागि आएका पचालझरनाका तखत विक दुई दिन सम्म जारकोटमा बस्नु परेको छ । उनले खाता संचालनका लागि सबै प्रक्रिया पुरा गरेको भएपनि इन्टरनेट अभावका कारण खाता संचालन हुन नसकेको बताए । पचालझरना गाउँ पालिकामा रहेको नविल बैंकमा कहिले रकम अभावमा सेवाग्राहीले सदरमुकाम धाउनु पर्ने बाध्यता हुने गरेको छ ।

पचालझरना गाउँ पालिकाको सामाजिक सुरक्षाको रकम भुक्तानि नगर्दा सुर्खेत जानु परेको गाउँ पालिका नरिमान सेजुवालको भनाई छ । वहाँका अनुसार गाउँमा बैंक भएर के गर्नु रकम भुक्तानि गर्न नसक्ने ? सबै भन्दा बढि अषाढ मसान्त, दशैं तिहारको समयमा गाउँमा स्थापना भएका बैंकहरुले रकम भुक्तानि नर्ग कठिन हुन्े गरेको बताइएको छ ।

आर्थिक वर्षको मसान्तमा चाहे जतिको रकम दिन नसक्दा फिर्ता जाने बैंकले भुक्तानि दिन नसक्ने हुनाले कठिन हुने गरेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भयो ।

पचालझरना गाउँ पालिकामा रहेको नविल बैंकले दुई लाख रकम माग्दा २० हजारका दरले रकम भुक्तानि दिदा सेवाग्राहीलाई लामो समय सम्म बैंक धाउनु पर्ने बाध्यता आएको बताउनु भयो ।

अध्यक्ष सेजुवालले बैंकको काम रकम भूक्तानि दिने र संकलन गर्ने काम हो त्यहि नभएमा बैंकको औचित्य नहुने बताउनु भयो ।
पचालझरना गाउँ पालिकाले रकम भुक्तानि गर्न नसकेकै कारण नेपाल राष्ट्र बैंकलाई बैकल्पिक व्यवस्थापन गर्न अनुरोध गरेको गाउँ पालिकाले जनाएको छ ।
पचालझरना गाउँ पालिका स्थ्ति नविल बैंकका प्रबन्धक केवन गिरीले दुर्गम ठाउँमा विभिन्न समस्याका कारण कठिनाई हुने बताउनु भयो । वहाँले भन्नु भयो कहिले नेट हुंदैन त कहिले नगद अभाव यहि कारणले कर्मचारीले काम गर्ने चाहना भएर पनि सेवाग्राहीले सास्ति व्यहोर्नु परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित