कालीकोटको बिकाश मुख्यमन्त्रीको कार्यकालमा भएको हो भने कसैको खाता बाट पैशा घट्दैन –मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले इतिहासमै पहिलो पटक कालीकोटमा धेरै बजेट आएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र पचालझरनाले आयोजना गरेको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहिले आफुले कालीकोटको बिकाशका लागि आफू उर्जामन्त्री हुदा रास्ट्रीय प्रशारण लाइन कालीकोटमा पुगेको स्मरण गर्दै फुकोट हाइड्रो समेत आफ्नो कार्यकालमा भएको दाबी गर्नु भएको छ । काम गर्ने कालु मकै खाने कालू भने झै भएकाले अब बाघको छालामा स्यालको रजाइ नहुने बताउनु भएको छ ।

मुख्यमन्त्री भएकै कारण आफुले कालीकोटमा बजेट पठाउने तर जिल्लामा काम नगरेर फर्काउने गरेकाले आफुलाइ दु:ख लागेको बताउनु भएको छ । अहिले कालीकोटमा बत्ती पुग्दा केपि ओलि सरकारले ल्यायो भन्नू हास्यास्पद भएको समेत बताउनु भएको छ । अब फुकोट हाइड्रोमा कालीकोट बासिले सेयर लगानी गरेर कार्गो चढ्ने क्षमता सम्म पुगाउने बताउनु भयो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख बिक,पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, नेकपा  माओवादी केन्द्र कालीकोटका अध्यक्ष धनजित शाही लगाएतका नेताले सम्बोधन गरेका छ ।

पचालझरनामा २२ कोठे भवनको मुख्यमन्त्री शाहीले सिलान्यास गर्ने कार्यक्रम रहेको छ ।  पचालझरनामा भोलि देखि टोल भेला शुरु हुने भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित