चुनाब चिन्हले फरक पार्दैन – मानसिंह धामि

7
SHARES
15
VIEWS

चुनाव चिह्नले फरक पर्दैन। कुनै वेला माछामा पनि भोट हालिएको थियो। कुनै वेला हसियाँ हथौडामा भोट हालिएको थियो। अब अर्को चिन्ह मा भोट हालौला

नेकपा (एकीकृत समाजवादी) गठन गरेको एक महीना पुग्नै लागेको छ। यो अवधिमा केही सकारात्मक कदम चालेका छौं। अब यो नयाँ पार्टी कसरी अगाडि बढ्छ? कसरी काठमाडौंबाट गाउँगाउँसम्म पुग्छ? कसरी काम गर्छ? जनताका मुद्दा कसरी
यी सबै प्रश्नको उत्तर खोज्नुअघि एमालेमा किन विद्रोह भयो भन्ने विषयमा संक्षिप्त चर्चा गर्नु आवश्यक छ। पार्टी विभाजन हुनुको मुख्य कारण अध्यक्ष केपी शर्मा ओलीको अहंमता नै हो। उह
यसको शुरूआत नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणबाटै भयो। पार्टी एकताको न्यूनतम आधार तय नगरी प्रधानमन्त्री बन्न हतारोमा एकीकरण गरियो। एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हो भन्ने प्रष्ट नगरी जनताको बहुदलीय जनवाद विसर्जन गरियो। माओवादीले पनि आफूले मान्दै आएको विचारलाई विसर्जन गर्‍यो।

यसमा छलफल, बहस केही भएन। यसको धरातल नै अत्यन्त कमजोर थियो। अध्यक्ष ओलीले पार्टी बनाउन भन्दा पनि प्रधानमन्त्री पदका लागि एकीकरण गरे। त्यसपछि पनि पार्टी बलियो बनाउन भन्दा पद जोगाउन मरिमेटेर लागे। त्यहिवेला शुरू भएको अन्तरविरोध बढ्दै जाँदा कमरेड माधव नेपाल लगायतका नेतालाई अपमानित गर्ने काम भयो। जति कोशिस गर्दा पनि एकता सम्भव नभएपछि नयाँ पार्टी बन्यो।

अहिले संगठन निर्माणका काम भइरहेका छन्। जिल्ला कमिटी निर्माण गरेर बैठक, भेला चलिरहेका छन्। यसअघि बनेका कमिटीलाई रुपान्तरण गर्ने, स्थानीय आवश्यकता ध्यानमा राखेर योजना बनाउने काम चलिरहेको छ।
नयाँ पार्टीका लागि चुनौती र अवसर दुवै छन्। चुनौति नभई अवसर नै आउँदैन। संगठन संरचना निर्माण गर्नु नै पहिलो चुनौती छ। ती संरचनालाई चुस्त बनाउनु छ। पार्टीका संरचनामा समाज समेट्नु छ। नयाँ नेतृत्व विकास गर्नु छ। यहिँ भित्रै हाम्रा लागि अवसर छ, जनतासँग जोडिने।

संगठन निर्माण गर्दा महिला सहभागितालाई ध्यानमा राखिएको छ। राजनीतिमा महिलाको समान उपस्थिति, सहभागिता हुनुपर्छ। नेतृत्व तहमा महिलालाई कसरी ल्याउने र टिकाउने भन्नेमा विशेष ध्यान दिनुपर्छ। यसका लागि वडा तहदेखि नै पहल गर्ने योजना छ।

बागमती प्रदेश सभामा हेर्दा पनि १३ जना सांसदमा पाँच जना महिला छ्न । प्रदेश सभाको चुनाव यताकै अवस्था हेर्दा पनि एमालेले महिलालाई ठाउँ दिएको थिएन। मन्त्री पनि बनाएको थिएन। यति वेला काकताली परेर अष्टलक्ष्मी शाक्य कमरेड मुख्यमन्त्री बन्नु भएको छ। एमाले नेताहरू महिलालाई अवसर दिएको भन्दै छन्, तर, मुख्यमन्त्री छोड्नै पर्ने अवस्था आएपछि अष्टलक्ष्मी कमरेडलाई दिइएको हो।

जिल्ला कमिटीसँगै सचिवालयमा पनि महिला सहभागितामा जोड दिइएको छ। महिला सहभागिताको विषयलाई लिएर वडादेखि केन्द्रसम्म कुनै सम्झौता हुँदैन। संवैधानिक व्यवस्था त पालना हुने नै भयो हाम्रो जोड ५० प्रतिशत पुर्‍याउने हुन्छ।

केहीले सोध्छन्, सूर्य चिह्न छैन, कसरी चुनाव जित्नु हुन्छ? कम्युनिष्ट आन्दोलनमा लागेको तीन दशक भयो। यो अवधिमा पार्टीका नाम जे भए पनि विचारधारा उही छ। नाम जे जे भए पनि कम्युनिष्ट आन्दोलनमै छौं।
स्थानीय तहको निर्वाचन पनि नजिकिँदै छ। यो नियमित प्रक्रिया हो। तथापि हामी संगठन निर्माणदेखि नै यसलाई ध्यानमा राखेर अघि बढ्छौं। स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबीच सहकार्य होला। त्यति हुँदाहुँदै पनि आफ्नो आधार त बलियो बनाउनै पर्‍यो। त्यसका लागि हामी स्थानीयसम्म पार्टी निर्माणमा जुटिरहेका छौं ।

नाम र चुनाव चिह्नले फरक पर्दैन। नाम र चुनाव चिह्न गौण कुरा हुन्। कुनै वेला माछामा पनि भोट हालिएको थियो। कुनै वेला हसियाँ हथौडामा भोट हालिएको थियो। अर्को चिह्नमा भोट हालौंला।


केहीले सोध्छन्, सूर्य चिह्न छैन, कसरी चुनाव जित्नु हुन्छ? कम्युनिष्ट आन्दोलनमा लागेको तीन दशक भयो। यो अवधिमा पार्टीका नाम जे भए पनि विचारधारा उही छ। नाम जे जे भए पनि कम्युनिष्ट आन्दोलनमै छौं।


यी सब गौण कुरा हुन्। मुख्य कुरा विचारमा निरन्तर संघर्ष गरिरहेका छौं। राजनीतिक यात्रामा सिधा बाटो मात्रै हुँदैन, तलमाथि भइहाल्छ। कहिले भीडभाड हुन्छ, कहिले एक्लै पनि भइएला। विचारमा दृढ र लक्ष्यप्रति प्रतिवद्ध हुन सकियो भने सफल भइन्छ, गन्तव्यमा पुगिन्छ।

तथापि, अहिले हामी प्रारम्भीक चरणमै छौं। विधान, झण्डा, चुनाव चिह्न लगायत राजनीतिक दस्तावेज टुंग्याउन बाँकी छ। ५ असोजमा बोलाइएको केन्द्रीय कमिटी बैठकले आगामी यात्राका लागि रणनीतिक योजना तय गर्नेछ। त्यसपछि एक किसिमले हाम्रो बाटो प्रष्ट हुनेछ।

केन्द्रमा गठबन्धनको सरकार भएको हुनाले सबै प्रदेशमा पनि गठबन्धन कै सरकार रहने एक प्रकारको समझदारी बनिसेको छ। बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कै भागमा परेको छ। त्यसैले नयाँ सरकार गठनको तयारी थालिसकेका छौं।
(पार्टी एकता र दोस्रो पुस्ताका नेता)

प्रायः सोधिने गरेको छ, एमालेसँग एकताको सम्भावना कति छ? यसको उत्तर दिनुअघि, १० बुँदे सहमतिलाई हेरौं। १० बुँदे सहमति कार्यान्वयन हुन्छ भनेर दोस्रो पुस्तका नेता एमालेमै फर्किएका छन्। त्यहाँ उनीहरूलाई सहज हुन्न।
दोस्रो पुस्तका नेतालाई अध्यक्ष बनाउन माधव नेपाल कमरेड पहिले नै तयार हुनुभएको थियो। तर, ओली कमरेडले मान्नु भएन। अब पनि मान्ने कुरा भएन। केही दिन अलमलमा पार्न खोजेका मात्रै हुन, १० बुँदे कार्यान्वयन हुँदैन।

अहिले एमालेमा रहेका तेस्रो धार वा मध्यमार्गी नेताहरूलाई अध्यक्ष ओलीले कहिल्यै अघि बढ्न दिनहुन्न, यो छर्लंग छ। ओली छउञ्जेल कुनै पनि हालतमा उनीहरूलाई राम्रो जिम्मेवारी दिइँदैन, अलमलाएर मात्रै राखिन्छ। यो विस्तारै प्रमाणित हुँदै छ।
त्यसैले, अहिले एमालेमा रहेका साथीहरूले भोलि एकीकृत समाजवादीकै पक्षमा उभिनुहुन्छ। सबैलाई लागि एकीकृत समाजवादीको ढोका खुल्ला छ ।


अहिले एमालेमा रहेका तेस्रो धार वा मध्यमार्गी नेताहरूलाई अध्यक्ष ओलीले कहिल्यै अघि बढ्न दिनहुन्न, यो छर्लंग छ।


लेखक :मानसिह धामी नेकपा एकीकृत समाजबादी कालिकोट जिल्ला कमिटि सदस्य हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित