जेठमा मात्र अहिलेसम्म झन्डै तीन हजार संक्रमित

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ ।नेपालमा वैशाख मसान्तसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या २४३ थियो । तर, यो संख्या अहिले तीन हजार २२५ पुगिसकेको छ । जेठमा मात्र अहिलेसम्म दुई हजार ९८२ जना संक्रमित भएका छन् ।

हरेक दिन नयाँ संक्रमितको संख्या भेटिने ग्राफ उकालो लाग्न थालेको छ । ६ दिनअघि १९ जेठमा पहिलोपटक एकै दिन २०० भन्दामाथि संक्रमित भेटिएका थिए । त्यसयता हरेक दिन २०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

गत बिहीबार पहिलो पटक एकै दिन ३०० भन्दा बढी नयाँ संक्रमित भेटिए । उक्त दिन ३३४ जना नयाँ संक्रमित भेटिएका थिए । यो एकै दिन भेटिएको अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो ।

शुक्रबार २७८ नयाँ संक्रमित भेटिएका थिए । तर, शनिबार फेरि यो संख्या ३०० माथि पुगेको छ । हिजो ३२३ नयाँ संक्रमित फेला परेका छन् ।

कूल संक्रमितमध्ये ३६५ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ । उपचाररत संक्रमितको संख्या दुई हजार ८५७ जना छन् ।

बढी कोरोनाभाइरस संक्रमित हुने देशको सूचीमा नेपाल ८०औँ स्थानमा छ । एसियामा सबैभन्दा बढी संक्रमित भएको देश भारत पाचौँ स्थानमा छ । त्यसपछि इरान १० र साउदी अरब १५औँ स्थानमा छन् । १७औँ स्थानमा भएको पाकिस्तानमा संक्रमितको संख्या ९३ हजार ९८३ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित