पचालझरनामा क्वारेन्टाइनका सहभागि द्धारा विद्यालयमा श्रमदान

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।जिल्लाका पचालझरना गाउँ पालिकामा क्वारेन्टाइनमा बसेका नागरिक द्धारा विद्यालयमा श्रमदान मार्फत सिढी र फोहर व्यवस्थापनका लागि खाल्डो निर्माण गरेका छन ।
भारतबाट आएका समुदायहरुले बसेर दिन विताउनु भन्दा आफुहरुले विद्यालयलाई चिनो छोडेर जाने उद्देश्यले श्रमदान मार्फत काम गरेका हुन । विद्यालयले सिमेन्ट,बालुवा उपलब्ध गराएको र क्वारेन्टाइनमा बसेकाहरुले ९ मिटर लामो सिढी बनाउनुका साथै दुइ खाल्डा बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४का वडा अध्यक्ष साथै पचालझरना गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । वहाँका अनुसार क्वारेन्टाइनमा सहभागिहरुले मन्दिर बनाउने भनेकोमा मन्दिर भन्दा पनि विद्यालयलाई आवश्यक्ता भनेको सरसफाइका लागि उपयुक्त भएकाले उक्त योजना दिएको बताउनु भएको छ ।
आइतवार विद्यालयको किनारामा कुहिने र नकुहिने दुइ वटा खाल्डो र हिड्न कठिनाइ हुने गरेकाले सिढी बनाएका हुन ।

करिव ९० हजारको लागतमा हुने उक्त काम श्रमदानबाट गरेकोमा क्वारेन्टाइनमा सहभागि सबैलाई धन्यावाद दिएको अध्यक्ष रोकायाले बताउनु भएको छ । भारत बाट आएका ७९ जना ज्ञानोदय मावि राम्नाकोट क्वारेन्टाइनमा १२ दिन देखि बस्दै आएका छन । उनिहरुको सोमबार स्वस्थ्य परिक्षण गर्ने तयारी भएको प्रवक्ता रोकायो भनाइ रहेको छ ।

पचालझरना गाउँ पालिकामा तिन वटा विद्यालयमा १ सय ३४ जना क्वारेन्टाइनमा बस्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित