पलातामा प्रहरी चौकी मुख्यमन्त्री शाही द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कालीकोटको बिकट क्षेत्रमा अस्थायी प्रहरी चौकिको उद्घाटन गर्नु भएको छ ।पलाताको कहरदेबमा स्थापाना गरिएको अस्थायी प्रहरी चौकी स्थापनाले स्थानियलाइ राहत भएको छ । लामो समय पछि कालीकोटको पलातामा अस्थायी प्रहरी चौकी स्थापना हुदा सबैमा खुशियाली छाएको छ । जिल्लाकै बिकट मानिएको सदरमुकाम देखि १७ कोष उत्तर पुर्ब पर्ने पलातामा लामो संघर्ष पछि अस्थायी प्रहरी चौकी स्थापना भएपछी स्थानीयमा खुशियाली छाएको हो। मुद्दा माम्लाका लागि एक दिनको बाटो हिडेर इलाका प्रहरी कार्यालय थिर्पु आउनु पर्ने बाध्यता बाट त्यहाका नागरिकहरुले छुटकारा पाएका छ्न ।प्रहरी चौकी उद्घाटनमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री कुर्मराज शाही,सांसद बिन्दमान बिष्ट र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक गणेश बहादुर ऐर,कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,प्रहरी प्रमुख डिएसपि चक्र बहादुर शाहको समेत सहभागिता रहेको नेकपा माओवादी केन्द्र पलाताका अध्यक्ष बिष्णु रोकायले बताएका छ्न । उक्त कार्यक्रममा स्थानियले स्वागत गरेका थिए । प्रदेश प्रहरी प्रमुख ऐरले जिल्ला प्रहरी कार्यलय कालीकोटमा निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी  कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित