कालीकोट । कर्नाली नदि आधा सुकेको छ । बाजुरा जिल्लाको जुड्डिमा आएको पहिरोले नदि रोकिएका कारण पानी सुके पछि एकाएक स्थानीयमा सन्त्रास फैलिएको छ । यस राराताल फुट्ने हल्ला र हुम्लामा नदि रोकिदा समस्या आए पछि स्थानीय प्रशासनले सचेत रहन अनुरोध गरेको थियो । कर्नाली नदिमा प्राय गरी तीन देखि चार वर्षको आसपासमा यस्तो समस्या आउने गरेको स्थानीयले बताए । अहिले कर्नाली किनारमा आवत जावत गर्दा ध्यान दिन पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अनुरोध गर्नु भएको छ । बाजुराको अवस्थाका बारेमा स्थलगत अध्ययनका लागि प्रहरीको टोलि त्यस तर्फ प्रस्थान गरेको बताइएको छ ।
Discussion about this post