जोखिम टरेकै हो त ? कर्नालि नदिमा पानिको वाहव पुरानै अवस्था

7
SHARES
15
VIEWS

कालीकोट । एकाएक पानि सुकेको कर्नालि नदि पुरानै अवस्थामा आएको छ । बाजुरा जिल्लामा आएको सुख्खा पहिरोका कारण रोकिएको पानि वाह भने सोही अवस्थामा आएको छ । पानि सोही अवस्थामा आएपनि जोखिम नघटेको स्थानियतहका प्रमुखहरुले बताएका छन ।

एका एक पानि थुनिएर वाहव घटेर ५दशमलव ५मा झरेको भएपनि दुई घण्टा पछि २ मिटर सतलमा पानि झरेको छ । रोकिएको पानि निकास पछि घटेपनि जोखिम भने कायमै रहेको बताइएको छ । सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रुडिका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको बताइएको छ ।

जोखिम नघटेकाले सतर्कता अपनाउन रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

गाउँकाे तल बाट कडा चट्टान समेत खस्न तालेपछि माथि रहेको बस्ति निकै जोखिममा रहेको हो । पहिरो निरन्तर रुपमा खसिरहयो भने जति बेला पनि कर्णाली थुनिएर कर्णाली नदिकाे तटीय क्षेत्रका बस्तिहरु निकै जोखिममा हुन सक्ने स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो आएको र केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदन जित महराले बताउनु भएको छ ।

अहिले भने उक्त पहिरोल बन्द भएको पानिको निकास भएपछि कर्नालि नदिमा पानि बग्ने क्रम पुरानै अवस्थामा आएको बताइएको छ । गएको वर्ष साउन महिनामा पनि कर्नालि नदि थुनिए पछि स्थानियहरुमा सन्त्रास आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित