मुगुमा यात्रु बाहक बस दुर्घटनामा २२ को मृत्यु

7
SHARES
15
VIEWS

गमगढी । मुगुको  यात्रुबाहक बस  दुर्घटना हुदा २२ को मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–७ मा  बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको  छ ।सो दुर्घटनामा  १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको बताइएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका बताउनु भएको छ । उद्दारका लागि प्रहरी सहित स्थानीयले सहयोग गरेकोबताइएको छ । मृतकहरुको सनाखत हुन भने सकेको छैन । घटनाबारे पूर्ण विवरण केही समय लाग्ने महतले बताउनु भयो।दशै तिहारमा क्षमता भन्दा बढी यात्रु लिदा दुर्घटना हुने गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित