रास्कोटका दुई हस्ति बम र शाहीलाइ नगरपालिका द्वारा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले रास्कोटका दुई हस्तिलाइ सम्मान गरेको छ । रास्कोट नगरपालिका उपप्रमुख मिमसरा शाहि(बम)को अध्यक्षतामा भएको कार्यक्रममा २८ महिने लामो जेल जीवन पछि गृहनगर आएका नेकपाका केन्द्रिय सदस्य भरत बम र जापान बाट विद्या बारिधी( पिएचडि)गरेर फर्किएका दिनेश शाहीलाई सम्मान गरिएको हो । सो कार्यक्रममा रास्ट्रीय सभा सदस्य नरपती सुनारको प्रमुख आतिथ्यता भएको बताइएको छ । अभिनन्दन तथा सम्मान कार्यक्रममा आफुलाइ सम्मान गरेकोमा रास्कोट नगरलाइ धन्यवाद दिदै केन्द्रिय सदस्य बमले आफू जेलमा हुदा सहिद परिवारलाई सम्झेको बताउदै सबै शुभचिन्तकको साथ रहेको बताउनु भएको छ । कार्यक्रममा रास्कोट माओवादी केन्द्रका नगर इन्चार्ज जगत शाही नगर अध्यक्ष धर्मराज शाही, नेकपा एमालेका रास्कोट नगर इन्चार्ज दयारम सिमखाडा, हिमचुली सहकारी सस्थाका अध्यक्ष काली बहादुर महतारा लगाएतले दशैको शुभकामना समेत दिनु भएको बताइएको छ । रास्कोटमा धर्मदत्त उपाध्यय पछिको सम्भाबित नेता रणबिर रहेकाले रास्कोटको बिकाशका लागि साथ दिन कार्यक्रमका सहभागिले जोड दिएका थिए । यस अघि पचालझरना गाउँ पालिकाले नेता बमलाइ अभिनन्दन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित