शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति प्रतिवद्ध छु -चोलेन्द्र समशेर

7
SHARES
15
VIEWS

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विजया दशमी लगायत पर्वहरुले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गरेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए।

‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवं स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासन सम्बन्धी अवधारणाप्रति प्रवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रति दृढतासमेत व्यक्त गर्दछु। उनले शुभकामना सन्देशमा भने, ‘त्यसमा कहीँ कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म थप स्पष्ट गर्न चाहन्छु।’

नेपाली समाजमा विविधताका बीच एकता कायम गरी सामाजिक ऐक्यवद्धता प्रवर्द्धन गर्न यी चाडपर्व महत्वपूर्ण आधार बन्दै आएको प्रधानन्यायाधीश राणाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित